प्रथम कंकेदेउराली कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव शुक्रबारदेखि



Live Gulmi


अनिल खत्री, गुल्मी । गुल्मीको मदाने गाउँपालिकाको कंकेदेउरालीमा आयोजना गरिएको प्रथम कंकेदेउराली कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको सम्पूर्ण तयारी पुरा भई आज देखि सुरु हुदैछ  । महोत्सव सुरु हुने अघिल्लो दिन अर्थात  बिहिबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरि सबै तयारी पूरा भएको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले जानकारी दिनुभयो ।

मदाने गाउँपालिकाको आयोजना तथा तथा कंकेदेउराली पर्यटन पूर्वाधार विकास समिति मदाने गाउँपालिका–६ पुर्कोटदहको सहआयोजनामा आज देखि पुस सात गते सम्म महोत्सव आयोजना गर्न लागिएको हो । तीन दिन सम्म सञ्चालन हुने महोत्सवमा त्यस क्षेत्रमा उत्पादन हुने कृषि उत्पादनलाई प्रमुख प्राथमिकताका साथ प्रर्दशनीमा राखिने अध्यक्ष कुँवरले बताउनुभयो ।  सहभागी कृषकलाई निशुल्क प्रबेश,बिद्यार्थी लाई ५०% छुट र अन्यलाई भने रु ३० का दरले प्रबेश शुल्क लिइने बताईएको छ अन्यको तुलनामा यो शुल्क कम र उठेको शुल्क कन्केदेउराली बिकास समिती कोषमा राखी समितिले थप बिकास निर्माणमा राखिने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताईन ।
यसका साथै कंकेदेउरालीलाई पर्यटकीय स्थलका रुपमा परिचित गराउन गाउँपालिकाले बजेट नै विनियोजन गरि महोत्सव सञ्चालन गर्न लागेको उल्लेख गर्नुभयो । उहाँले त्यस क्षेत्रमा रहेका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु प्रर्दशनीमा राखिने र कृषकहरुको प्रोत्साहनका लागि पनि यो महोत्सवले सहयोग पु¥र्याउने बताउनुभयो । उपाध्यक्ष सरिता खड्काले जिल्लाकै ऐतिहासिक रुपमा रहेको पर्यटकीय क्षेत्र कंकेदेउरालीको पर्यटन विकास र स्थानीयस्तरमा रहेका कृषि उपजहरुको प्रवद्र्धनका लागि महोत्सवले टेवा पुर्याउने बताउनुभयो ।

Jeewan and Rajan Tailors

उपाध्यक्ष खड्काले महोत्सवलाई जिल्लाकै महोत्सवको रुपमा सञ्चालन गर्न लागिएको भन्दै विद्यालयस्तरको प्रतिभाको खोजी अभियान अन्तरगत मदाने तारा समेत सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । महोत्सव अवधिभर अधिकांश स्थानीयस्तरका कलाहरुको प्रस्तुति रहने बताउनुभयो । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष अनिल खत्री लगायत जिल्लास्थित विभिन्न सञ्चार माध्यममा सक्रिय पत्रकारहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया