रेसुङ्गामा हुने ‘गो’ महोत्सवको पूर्वसन्ध्यामा तम्घास बजारमा शोभायात्रा



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गामा पहिलो पटक सञ्चालन हुन लागेको ‘गो’ महोत्सव तथा श्रीमद्भावगत ज्ञानमहायज्ञको पूर्वसन्ध्यामा शोभायात्रा गरिएको छ । शुक्रबार अर्थात भोलिदेखि शुरु हुने ‘गो’ महोत्सवको पूर्वसन्ध्यमा प्रचारप्रसार स्वरुप तम्घास बजारमा विभिन्न संघ संस्थाको उपस्थितिमा बिशाल शोभायात्रा गरिएको हो ।

जिल्लाको धार्मिक ऐतिहासिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गा क्षेत्रमा रहेको गौशालामा कार्तिक ९ गते देखि कात्तिक १६ गते गाई तिहारका दिनसम्म सञ्चालन ‘गो’ महोत्सव तथा श्रीमद्भावगत ज्ञानमहायज्ञ सञ्चालन हुने रेसुङ्गा संरक्षण समितिका सह–सचिव यज्ञप्रसाद पन्थीले बताए । हिन्दु धार्मिक परम्परा अनुसार गाईको महत्व थप टेवा पुर्याउने उदेश्यले ‘गो’ महोत्सव आयोजना गरिएको पन्थीले बताए । महोत्सवमा पण्डित रमेश सुवेदीद्धारा गरिने प्रवचनमा मानव जीवनमा गाईको महत्व लगायतका विषयमा प्रवचन गर्ने कार्यक्रम रहेको छ । त्यस अवसरमा आफ्ना मावली हजुरबुबा स्वर्गिय खडनन्द पाण्डे र स्वर्गिय हजुरआमा खगिसरा पाण्डे तथा स्वर्गीय पिता चिन्तामणि र स्वर्गिय माता निमकला भुुसालको स्मृतिमा उद्यमी बालकृष्ण भुसाल तथा धर्मपत्नी शान्ता भुसालद्वारा गौशालामा निर्मित श्री राधा कृष्ण भगवानको मूर्ति प्रतिस्थापन तथा मन्दिरको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको सह–सचिव पन्थीले बताए ।

Jeewan and Rajan Tailors

महोत्सवमा संकलित हुने रकमबाट गाईहरुको दिर्घकालिन संरक्षण र सम्वद्र्धनका लागि अक्षय कोष स्थापना गर्ने प्रमुख उद्देश्य समेत राखिएको आयोजकले जनाएको छ । यस कार्यमा सहभागी हुन न्यूनतम  ११ हजार १ सय ११ रुपियाँ भन्दा माथि र यज्ञ आयोजक समिति सदस्य बन्न १ हजार एक सय ११ रुपियाँ निर्धारण समेत समितिले गरेको छ ।  २०४२ साल देखि व्यवस्थित रुपमा रेसुङ्गा गोशाला चौतारामा स्थानीय जातका गाईहरु संरक्षण गरिदैं आएको छ । अहिले १५० भन्दा बढी स्थानीय जातका गाईहरु संरक्षित रहेका छन् ।  गाईको दूध, गहुँत, गोबर समेत हिन्दु परम्परा अनुसार पवित्र मानेर पुज्ने गरिन्छ । गाईको सेवा तथा गाईदान गर्नाले मृत्युपछि वैतरणी तरिन्छ भन्ने धार्मिक शास्त्रहरुमा उल्लेख रहेको छ ।

The Star Family Restaurant

गाईहरुको संरक्षणका लागि रेसुंगा संरक्षण समितिले विगत पाँच वर्ष देखि मुष्ठिदान अभियान समेत सञ्चालन गर्दै आएको छ । रेसुङ्गामा स्थानियले पितृहरुको मनोकांक्ष पुरा गर्न भन्दै गाईदान गरेर छोडने प्रचल पनि रहेको छ । गाउँमा गाईहरु पाल्ने प्रचलन घट्दै गएपनि रेसुङ्गागामा रहेको गौशालमा व्यवस्थित रुपमा गाईहरु पालिदै आएको छ । बनमा चर्ने गाईको गहुतबाट विभिन्न रोगहरुको निम्ति औषधी हुने मान्यता रहि आएको छ ।
प्राय सबै ठाउँमा स्थानिय जातका गाईहरु पाल्न छोडेकाले लोप हुने अवस्था गाईलाई बचाउनको लागि पनि गौशालामा गाईहरु पालिदैँ आएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया