गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा माघ ५ गते शनिबार नेपाली काँग्रेसकाे दोस्रो गाउँ सम्मेलन हुने भएको छ । शनिबार गाउँपालिकाकाे वडा नम्बर ५ रजस्थल महुत्वकामा नेपाली काँग्रेस इस्मा गाउँ समितिले दाेस्राे गाउँ सम्मेलन गर्ने नेपाली काङ्ग्रेस इस्मा गाउँपालिका सचिव इश्वरी घिमिरेले बताए । नेपाली कांग्रेसको विधान २०१७ को दशौ संशोधनले परिकल्पना गरे बमोजिम हजार भन्दा बढि कार्यकर्ताको सहभागीता बनाउने लक्ष्य राखेको अर्का सचिव बैकुण्ठ कुँवरले जानकारी दिएका छन् । सम्मेलनकाे तयारी पुरा भएको नेपाली काँग्रेस इस्मा गाउँपालिकाका सभापति कृष्ण रिजालले जानकारी दिए । बिहान ११ बजेदेखि सुरु हुने सम्मेलनमा कृयाशिल सदस्यहरु काँग्रेस नेता, कार्यकर्ता तथा शुभेच्छुक सहभागी हुनेछन् । कार्यक्रमकाे उद्घाटन नेपाली काङ्ग्रेस गुल्मीका सभापति तथा रेसुङ्गा नगरपालिका मेयर खिलध्वज पन्थीले गर्ने छन् ।
तपाईंको प्रतिक्रिया
-
महतारा नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष हुन् । उनी माउन्टेन टेलिभिजन र मध्यान्ह राष्ट्रिय दैनिकका संवाददाता पनि हुन् ।लेखक द्वारा अन्य