गुल्मीको मालिकामा बन्यो जिल्लामै सबैभन्दा लामो झलुङ्गे पुल



सुमन महतारा


गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा वडा नम्बर ५ छापहिले लाकुरि देखि वडा नम्बर २ चुत्राबाेट जाेड्ने गरि जिल्लामै सबैभन्दा लामो झलुङ्गे पुल निर्माण भएको छ । सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँका सिनियर इन्जिनीयर हुमाकान्त मिश्रका अनुसार जिल्लाकाे मालिका गाउँपालिका बनेकाे पुलकाे लम्बाई ३ सय पचहत्तर मिटर रहेको जानकारी दिएका छन् । उनका अनुसार
झलुङ्गे पुल दुई कराेड ३ लाख चालीस हजार लागतमा निर्माण भएको हाे ।                                                                                   झलुङ्गे पुलकाे उद्घाटन लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री धनेनद्र कार्कीले गरेका हुन । मन्त्री कार्कीले याे झलुङ्गाे पुलले यहाँको आन्तरिक पर्यटनमा टेवा पुग्ने अपेक्षा राखेको बताए । दुई वडामा आउने जाने लगाएतका कार्यका लागि यश पुलले महत्त्वपूर्ण भुमिका निर्वाह उनले बताए । उद्घाटन कार्यक्रममा बाेल्द योजना आयोग लुम्बिनी प्रदेशका उपाध्यक्ष डिलाराम अर्यालले मालिकाकाे विकासको निमित्त सबैले हातेमालो गर्नुपर्ने बताए । त्यस्तै कार्यक्रममा गाउँपालिका अध्यक्ष देविराम अर्यालले मालिकाकाे विकासका निमित्त सबैले सहयोग गरेकै कारणले केही हुदै छ भन्ने कुराकाे आवास दिलाएको आबास भएको व्याक्ता गरे ।                                                                                  छिमेकी गाउँपालिका धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पाेख्रेलले मालिका भन्दा बाहिरका जनप्रतिनिधिलाई यहाँ लिएर विकासको आवश्यकता महसुस गराउँन सके मात्र यहाँको विकासमा चाैतर्फि सहयोग रहने बताए ।
याे पुलकाे निर्माण निलगिरी निर्माण सेवा प्रालिले गरेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया