गुल्मीकी २० वर्षीया युवती तिलोत्तमाको रेस्टुरेन्टमा मृत फेला



Live Gulmi


गुल्मी । रुपन्देहीको तिलोत्तमा शंकर नगरस्थित एक रेस्टुरेन्टकी कामदार युवती आफू सुतेको कोठामा मृत भेटिएकी छिन् । गुल्मीको मालिका गाउँपालिका– ८ मर्भुङ्ग रैथुम टोलकी २० बर्षीया बिमला राना कुमाल तिलोत्तममा नगरपालिका वडा नम्बर २ शंकरनगरस्थित नेवारी खाजा घरको कोठामा मृत भेटिएको बुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी विजय पण्डितले बताए ।                                                                     डिएसपी पण्डितले भने, ‘खाजा घरमा काम गर्दै आएकी थिइन् । आफू बस्ने कोठामा झुण्डिएको अवस्थामा भेटिएपछि हामीले अनुसन्धान थालेका छौं।’ उनका अनुसार गुल्मीस्थित उनको घरबाट आफन्तहरु झिकाईएको र थप अनुसन्धान भरहेको छ ।                                                                     मृतक युवती १४ महिनादेखि नेवारी खाजा घरमा काम गर्दै आएकी थिइन् । सोही खाजा घरको कोठामा उनी बस्ने गर्दथिन् । उनले राति साढे ११ बजेतिर फेसबुकमा बाबु आमा सम्झेर स्टाटस लेखेकी थिइन् । मालिका गाउँपालिका ८ का वडाध्यक्ष सुर्यबहादुर जिसीले घटना थाहा पाएपछि मृतकका बाबु थम्मनबहादुर कुमाल र उनकी श्रीमतिलाई रुपन्देही पठाइएको जानकारी दिए । अनलाइन खबरबाट साभार

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया