गुल्मीको मदाने गाउँपालिकामा स्वास्थ्य स्वयंसेविकालाई दराज वितरण



सुमन महतारा


गुल्मी । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ३ सिर्सेनिका महिला स्वस्थ्य स्वयंसेविकाहरुलाई दराज वितरण गरिएको छ । वडा कार्यालयले नै दराज किन्नका लागि बजेट विनियोजन गरेको थियो ।                                                                                   मदाने ३ सिर्सेनिमा रहेका १३ जना स्वयंसेविकाहरुलाई ३ नं वडाकार्यलयका कार्यवाहक वडा अध्यक्ष महेन्द्र जि सि ले स्वयंसेविकाहरुको मासिक समिक्षा बैठकको अवसरमा दराज हस्तान्तरण गरेका हुन । कार्यक्रममा बोल्दै सामुदायिक महिला स्वास्थ्य स्वयंम सेविकाकी अध्यक्ष दिपा केसि ले दराज वितरण कार्यले आफुहरुमा काम गर्न थप हौसला मिलेको र यस्ता उत्प्रेरणा मिल्ने कार्यहरु आगामि दिनमा पनि हुने कुराकाे आफुहरुले अपेक्षा राखेको बताइन । कार्यक्रममा बोल्दै कार्यवाहक वडा अध्यक्ष महेन्द्र जि सि ले यस कार्यको लागि वडा अध्यक्ष चेत बहादुर सेनको भुमिकाको खुलेर प्रसंशा गर्दै बिषेश कारणबस यो कार्यक्रममा उपस्थिति हुन नसकेको र आफु नभएपनि कार्यक्रम नरोक्न भनेको र सहि बमोजिम कार्य अगाडि बढाएको बताए ।
स्वास्थ चौकी प्रमुख अर्जुन भण्डारीले आजको दिनसम्म वडाकार्यलबाट हुदै आएको साथ सहयोग र मार्गदर्शनले कार्य सम्पादनमा अत्यन्तै सहज भएको र आगामि दिनहरुमा पनि यस्तै साथ सहयोग र मार्गदर्शनको अपेक्षा रहेको बताए । उक्त कार्यक्रम स्वास्थचौकिका अहेव सजुना भुजेलले सन्चालन गरेकी हुन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया