गुल्मी । गुल्मीमा पेट्रोल पम्पमा पेट्रोल भरेपछि मोटरसाइकल स्टार्ट गर्ने क्रममा आगलागी भएको छ । तम्घासस्थित शिब शक्ति आयल स्टोर्स पेट्रोल पम्ममा गुल्मीदरबार गाउँपालिका ४ का ३० वर्षीय कृष्ण बुचाले चलाएको लु ८ प १०५३ नम्बरको माेटरसाइकलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए । आगलागीबाट आगो पुर्णरुपमा नियन्त्रणमा लिएको, मोटरसाइकल जली पुर्णरुपमा क्षति भएको, मानविय तथा अन्य भौतिक क्षति नभएको आगो लाग्नुको कारण नखुलेको, घटना सम्बन्धमा बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिक्रिया
-
Live Gulmi सुसम मिडिया प्रालिद्धारा संचालित डिजिटल अनलाइन पत्रिका हो ।लेखक द्वारा अन्य