रेसुङ्गा र रुरुक्षेत्रमा अनेरास्ववियुकाे कमिटी विस्तार, अध्यक्षमा गुणानिधि र कमल



Live Gulmi


गुल्मी । अनेरास्ववियु गुल्मी जिल्लाअधिवेशनको पुर्व सन्ध्यामा रेसुङ्गा नगरपालिका र रुरुक्षेत्र गाउँपालिका स्तरीय कमिटी विस्तार गरेको छ । शनिबार आयोजित पालिका स्तरीय अधिवेशनबाट नयाँ कमिटी चयन भएको हो ।
रेसुङ्गा नगर कमिटी तर्फ प्रथम गुणानिधि भण्डारी (मदन) को अध्यक्षतामा २१ सदस्यिय कमिटी गठन भएको छ। जसमा उपाध्यक्षमा भरतमोहन मरासिनी,अस्मिता राना मगर,सचीवमा लक्ष्मण कुवर,सहसचिब सुजन चुदारा,सन्तोष सुनार, कोषाध्यक्षमा सुमन वि क चयन भएका छन ।

यस्तै रुरुक्षेत्र गाउँ कमिटीको दोस्रो अधिवेशन बाट कमल गिरीको अध्यक्षतामा २४ सदस्यिय कमिटी गठन भएको छ। रुरुमा उपाध्यक्षमा प्रिन्सा श्रेष्ठ,परिक्षा ज्ञवाली,विशाल गिरी, सचिबमा लक्ष्मी ज्ञवाली सहसचीवमा नविन गिरी, लक्ष्मी ज्ञवाली,रबिना क्षेत्री,कोषाध्यक्षमा मनोज पुरी र सहकोषाध्यक्षमा सबिना भण्डारी चयन भएका छन ।

Jeewan and Rajan Tailors

अनेरास्ववियु गुल्मी जिल्ला कमिटीको अधिवेशन यहीँ भाद्र २८ र २९ गते जिल्ला सदरमुकाम तम्घासमा हुने अनेरास्ववियु गुल्मीका नेता प्रदिप भण्डारीले बताए ।

The Star Family Restaurant

यसभन्दा अगाडि जिल्लाका सत्यवती, गुल्मीदरबार , इस्मा र छत्रकोट गाउँ पालिका कमिटीको अधिवेशन सम्पन्न भैसकेको र बाकी रहेका पालिकाको २५ गतेसम्म अधिवेशन सम्पन्न हुने पनि भण्डारीले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया