लुम्बिनी मेडिकल कलेज पाल्पाले प्रहरी, व्यवसायी र खानेपानी उपभोक्तालाई उपचारमा छुट दिने



Live Gulmi


सन्तोष गहतराज, पाल्पा । पाल्पाको लुम्बिनी मेडिकल कलेजले प्रहरी, व्यवसायी र तानसेन खानेपानी उपभोक्तालाई उपचारमा छुट दिने भएको छ । जिल्लाकाे तानसेन नगरपालिका वडा नम्बर ७ मा अवस्थित लुम्बिनी मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल लिमिटेडले नमुना कामकाे प्रारम्भ गरेको हो । मेडिकल कलेजले एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय पाल्पाका जिल्ला भरका प्रहरीहरू, पाल्पा उद्योग वाणिाज्य संघका पदाधिकारी एवं सदस्यहरू र तानसेन खानेपानी उपभोक्ता समितिका पदाधिकारी एवम आम उपभोक्ताहरूलाई सहुलियत स्वास्थ्य सेवा प्रदान गर्न सम्झाैता सम्झाैता गरेको छ ।

मंगलबार हस्पिटलमा एक कार्यक्रमकाे आयाेजना गरि  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्र.उ. नरेन्द्र चन्द,पाल्पा उधाेग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई र तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष माेहन प्रसाद श्रेष्ठ र अस्पतालकाे तर्फबाट अस्पतालका अध्यक्ष गाेपाल बहादुर पाेखरेलले सम्झौता गर्नु भएको हाे । सम्झाैतामा भए बमोजिम जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत १० वटै स्थानीय तहका प्रहरी र उनिहरूका परिवारले समेत सेवा प्राप्त गर्न सक्नेछन । भने पाल्पा उधाेग वाणिज्य संघमा अावद्व रहेका झण्डै ११ सय सदस्य र उनिहरूकाे परिवारले पनि सहुलियतमा स्वास्थ्य उपचार पाउने छन । त्यस्तै तानसेन खानेपानी उपभोक्ता समितिमा आवद्ध रहेका झण्डै ३० हजार नागरिकले सहुलियतमा स्वास्थ्य उपचार पाउने अस्पतालका अध्यक्ष गाेपाल बहादुर पाेखरेलले बताउनुभयो । उहाँले पाल्पाकाे तानसेन ७ मा अस्पताल सञ्चालन भए पछि नागरिकहरूलाई स्वास्थ्य उपचारमा धेरै सहज भएको बताउनुभयो । अस्पताल निर्माण पश्चात् पाल्पा जिल्लाका नागरिकहरू मात्र नभइ छिमेकी जिल्ला गुल्मी,अर्घाखाँची,स्याङ्जा,प्युठान,बाग्लुङ्ग सम्मका नागरिकहरू सहज र अत्याधुनिक प्रविधियुक्त माध्यमबाट सेवा प्राप्त गर्न सफल भएको बताउनुभयो । शिक्षा,स्वास्थ्य र पर्यटनकाे हब मानिने पाल्पाकाे उक्त गरिमालाई उचाे बनाउन  मेडिकल कलेजले सहयोग गरेको बताउनुभयो । मेडिकल कलेजले सामाजिक उत्तरदायित्व स्वरूपमा अार्थिक अभावले उपचारमा कठिनाई भएका बिरामीहरूलाई बिशेष शाैलियतमा सेवा प्रदान गरिरहेकाे बताउनुभयाे । स्वास्थ्य बिमा बापतकाे करिब १ लाख सम्मकाे रकम नेपाल सरकारले  व्यहाेर्ने भएता पनि उक्त बिमा रकम भन्दा धेरै रकम खर्च भएको खण्डमा र सम्झाैता गरिएका नागरिकहरूले स्वास्थ्य बिमा गर्न छुटेको परिस्थितिमा उक्त छुट सेवा प्राप्त गर्न सक्ने बताउनुभयो । मेडिकल कलेजले आम नागरिकलाई सहुलियत सहितकाे स्वास्थ्य उपचार सेवा प्रदान गर्न याे कार्यक्रम सञ्चालनमा ल्याएकाे अस्पतालका अध्यक्ष पाेखरलले बताउनुभयो ।

Jeewan and Rajan Tailors

अस्पतालका कम्पनी सचिव अधिवक्ता कृष्ण पराजुलीले पाल्पा उद्योग बाणिज्य संघ,तानसेन खानेपानी उपभोक्ता समितिले आफ्नो संघमा दर्ता भएका सबै सदस्यहरुको नामावली पहिलो पक्षलाई उपलब्ध गराउनु पर्ने बताउनुभयाे । लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल लिमिटेडले जिल्ला प्रहरी कार्यालय पाल्पा, पाल्पा उद्योग वाणिज्य संघ र तानसेन खानेपानी उपभोक्ता समितिका सदस्यहरु र एकाघरका आश्रित परिवारका सदस्यहरुको हकमा ओ पि डी दर्ता शुल्क ५० प्रतिशत छुट दिनेछ । त्यस्तै  साधारण बेड शुल्कमा ५० प्रतिशत छुट , संघन उपचार वेड चार्जमा २० प्रतिशत छुट, साधारण ल्याब परिक्षणमा १० प्रतिशत छुट दिने कम्पनी सचिव अधिवक्ता पराजुलीले बताउनुभयो । त्यस्तै रेडियोलोजिकल परिक्षणमा २० प्रतिशत छुट, अप्रेशन शुल्क (औषधि र प्रत्यारोपण बाहेक) मा १५ प्रतिशत छुट दिइने छ । त्यस्तै  दन्त चिकित्सा सहित विशेष परिक्षण औषधि र प्रत्यारोपण बाहेकमा १० प्रतिशत छुट,सामान्य दांत परिक्षण र दांत झिक्नेमा १० प्रतिशत छुट र मुख तथा अनुहारको अप्रेशन औषधि र प्रत्यारोपण बाहेकमा १० प्रतिशत छुट दिइने अधिवक्ता पराजुलीले बताउनुभयो ।

The Star Family Restaurant

अस्पतालमा उपचार गर्न आउदा जिल्ला प्रहरी कार्यालय,पाल्पाको उधाेग वाणिज्य संघ र तानसेन खानेपानी उपभोक्ता समितिका कर्मचारी तथा सदस्यहरु उपचार गर्न आउँदा दोस्रो पक्षले प्रदान गर्ने परिचय पत्र सक्कल प्रति अनिवार्य देखाउनु पर्नेछ साथै उक्त परिचयपत्रको फोटोकपि अनिवार्य पेश गर्नु पर्नेछ । अन्यथा सहुलिएत सहितको सेवा प्रदान गर्न पहिलो पक्ष वाध्य हुने नहुने र एकाघरका परिवारका आश्रित सदस्यहरुको हकमा एकाघर परिवारको आश्रित सदस्य भएको प्रमाण खुल्ने आवश्यक कागजात पेश गर्नु पर्नेछ अन्यथा उल्लेखित सुविधा पहिलो पक्षले प्रदान नगर्ने  बताउनुभयाे । दोस्रो पक्षबाट समयसमयमा जारी गरेका नयाँ सदस्यहरुको नामावली समेत पहिलो पक्षलाई उपलब्ध गराउनु पर्नेछ । यो सम्झौता हस्ताक्षर भएको मिति देखि लागु हुने छ । सम्झौता कार्यान्वयनलाई प्रत्येक वर्ष समिक्षा गरी आवश्यकता अनुसार दुवै पक्षको सहमतिमा भएका बुंदाहरु परिमार्जन गर्न सकिनेछ साथै आपसी सहमतिमा यो सम्झौता लाई पुनः निरन्तरता प्रदान गर्न सकिने कम्पनी सचिव अधिवक्ता पराजुलीले बताउनुभयो ।

सम्झाैता पत्रमा हस्ताक्षेर गर्दै तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष माेहन प्रसाद श्रेष्ठले खानेपानी उपभोक्ता समितिका साधारण सदस्य, कर्मचारी तथा परिवारहरूको थप सेवा सुबिधाको लागि लुम्बिनी मेडिकल कलेज एण्ड टिचिगं हस्पितल लिमिटेडले महंगो रहेको स्वास्थ्य उपचारमा राहत होस् भन्नका लागि छुट प्रदान गरेकाेमा धन्यवाद ज्ञापन गरे ।

यस कार्यले आम तानसेन खानेपानी उपभोक्ता समितिका उपभोक्ताहरूले सहुलियतमा स्वास्थ्य सेवा लिन पाउँदा राहत मिल्ने बताउनुभयो । तानसेन खानेपानी उपभोक्ता समितिले अस्पताललाई विगतकाे समय देखि कार्यक्रम लागू गर्न आग्रह गरिरहेकाे र अहिले अस्पतालले समितिकाे आग्रहलाई सहर्ष स्वीकार गरेकोमा खुशी व्यक्त गर्नुभयाे ।

अहिले तानसेनमा खानेपानी समस्या धेरै हद सम्म समाधान गर्न समिति सक्षम भएको बताउनुभयाे । तानसेनमा खानेपानी समस्या भन्दा पनि व्यवस्थापकिय पक्ष कमजाेर भएकै कारण तानसेन बासीले समस्या भाेग्न बाध्य भएको परिस्थितिमा अहिले समितिले व्यवस्थापकिय पक्षलाई मजबुत बनाएर अग्रसर भइरहेको बताउनुभयो ।

अस्पतालले तानसेन खानेपानी उपभोक्ता समितिमा रहेका झण्डै ३० हजार नागरिकहरूलाई स्वास्थ्य उपचारमा सहुलियत प्रदान गरि समितिलाई काम गर्न थप उत्प्रेरणा प्रदान गरेको बताउनुभयो ।  साथै आम उपभोक्ताहरूलाई राहत मिलेको बताउनुभयो ।

पाल्पा उधाेग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले हस्पिटल पाल्पा उधाेग वाणिज्य संघमा जाेडिएकाे जिल्लाकै सबै ठुलाे सस्था रहेको बताउनुभयो । उधाेग वाणिज्य संघमा जाेडिएकाे अस्पतालले संघमा आवद्व व्यवसायीहरूलाई सहुलियतमा स्वास्थ्य सेवा प्रदान गर्न सम्झाैता गरेकोमा उधाेग वाणिज्य संघ पाल्पा गाैरम्भावित भएको बताउनुभयो ।

पाल्पा उधाेग वाणिज्य संघले पाल्पाकाे शिक्षा,स्वास्थ्य  कृषि,पर्यटन,उधाेग र कुटिर उधाेगहरूलाई गतिशील बनाउन गरेको भुमिकामा यस कार्यक्रम थप उर्जा प्रदान गर्ने बताउनुभयो । कार्यक्रममा लुम्बिनी मेडिकल कलेज तथा टिचिङ्ग अस्पतालका निर्देशक निर्दाेश खनाल तानसेन खानेपानी उपभोक्ता समितिका पदाधिकारी,पाल्पा उधाेग वाणिज्य संघका पदाधिकारी,जिल्ला प्रहरी कार्यालय पाल्पाका पदाधिकारीहरूकाे उपस्थिति रहेको थियाे ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया