वामी सेवा समिति जापानको अध्यक्षमा दिलिप थापा सर्वसम्मत निर्वाचित



Live Gulmi


गुल्मी । वामी सेवा समिति जापानको अध्यक्षमा दिलिप थापा निर्वाचित हुनुभएको छ । जापानको टाेकियाेमा भएको सातौं अधिवेशनबाट थापा अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

‘परिश्रमले बाँच्न सिकौं’ भन्ने मूल नाराका साथ कर्मकाे सिलसिलामा जापानमा रहेका वामीबासीकाे सक्रियतामा गठित वामी सेवा समितिकाे अध्यक्षमा दिलिप थापासँगै बरिष्ठ उपाध्यक्षमा कृष्ण घिमिरे, उपाध्यक्ष विष्णु प्रसाद सापकोटा, महासचिव गोकुल खत्री, सचिव सुजन खत्री, सहसचिव रविन कक्षपति, कोषाध्यक्ष होमलाल सापकोटा र सह-कोषाध्यक्षमा ईश्वरी सापकोटा रहनुभएको छ ।

कार्यसमितिकाे सदस्यहरुमा खिम बहादुर खत्री, मख्खन घर्ती, सुवास परियार, यज्ञ प्रसाद घिमिरे, प्रकाश जिसी, खिम बहादुर नेपाली, टंक लामिछाने, बावुराम काफ्ले, शिव केसी, डिवी रायमाझी र देव सापकोटा रहनुभएको छ ।

वामी सेवा समितिले वामीसँगै गुल्मीमा सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया