पैंचाे पसललाई गुल्मी जिल्ला अदालतको ५० हजार जरिवाना



Live Gulmi


न्यून स्तरको खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा पैंचो पसल प्रालिलाई गुल्मी जिल्ला अदालतले जरिवाना गर्ने फैसला गरेको छ।

खाद्य तथा गुण नियन्त्रण विभागले दायर गरेको उजुरीमाथि अदालतले मंगलबार उक्त फैसला गरेको जनाएको छ।

पैंचो पसलको नामबाट अधिकांश कृषिजन्य वस्तु उत्पादन हुन्छ। पैंचो पसलले गुल्मीमा उत्पादन गरी त्यहाँ र बुटवलमा बिक्री गर्दै आएको थियो।

टमाटरको ससमा कम गुणस्तरको पदार्थ प्रयोग गरी निर्माण गरेको भन्दै पैंचो पसललाई ५० हजार रूपैयाँ जरिवाना तोकेको जिल्ला अदालतले बताएको छ।

( Jeevan rajan

२०७८ सालमा खाद्य पदार्थ तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनका क्रममा पैंचो पसलले उत्पादन गरेको उक्त ससमा अखाद्य वस्तु भेटिएपछि विभागले ०७९ चैत १४ मा पैंचो पसल प्रालिविरूद्ध जिल्ला अदालतमा जाहेरी दिएको थियो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पैंचो पसलले तोकिएको मापदण्ड कम गुणस्तरको टमाटरको सस उत्पादन गरेको प्रतिवेदन पेस गरेपछि सोही प्रतिवेदनलाई आधार बनाएर कारवाही स्वरूप जरिवाना तोकिएको गुल्मी जिल्ला अदालतले जनाएको छ। सेताेपाटीबाट साभार

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया