धार्मिक संस्था रुद्रगणले भाेटेकाेशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर गर्दै



Live Gulmi


बुटवल ।  धार्मिक संस्थाले मिति २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले प्रभावित भएको नुवाकोट जिल्लाको बेत्रावती क्षेत्रमा स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने भएको छ। पहिलो चरणमा भोलि मिति २०८३ असोज १९ गतेबाट १ महिना स्वास्थ्य शिविर कार्यक्रम नुवाकोटको बेत्रावतीमा रहेको त्रिशुली अस्पतालसँग समन्वय गरी गर्न लागेको हो। सो स्वास्थ्य शिविर कार्यक्रम सो क्षेत्रको आवश्यकता अनुसार ६ महिनासम्म सञ्चालन गरिने संस्थाका अध्यक्ष कमल सापकोटाले बताए।

रुपन्देही जिल्ला आसपासमा रहि स्वास्थ्य क्षेत्रमा काम गरिरहेका विभिन्न संस्थाहरूको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन हुनेछ। कार्यक्रम परिक्रमिकका आधारमा सञ्चालन हुनेछ जसको लागि पहिलो स्वास्थ्य शिविरका लागि ओसीसरा स्वास्थ्य परामर्शका प्रमुख हाडर्जोनी विशेषज्ञ डा. राजकृष्ण श्रेष्ठको नेतृत्वमा १४ सदस्य टोली आज सो क्षेत्रमा प्रस्थान गरेको छ। स्वास्थ्य शिविरमा विभिन्न क्षेत्रका विशेषज्ञ डाक्टरहरू र Lab Technician हरु रहेका छन्। स्थानीयले सबै किसिमका स्वास्थ्य सुविधाहरु, आवश्यक औषधिहरू साथै दिशा पिसाब रगतको निःशुल्क परीक्षण गर्नको लागि प्रयोगशाला सुविधा समेत उपभोग गर्न पाउने रुद्रगण धार्मिक संस्थाका उपाध्यक्ष तथा प्रतिनिधि मनिष पाण्डेज्यूले बताउनुभयो ।

कार्यक्रमको लागि यस क्षेत्रमा रहेका ओशीसरा स्वास्थ्य परामर्श, QRBT बुटवल, A One Health KPL डाइनोस्टिक, ग्यास्ट्रो लिभर क्लिनिक, रोटरि क्लब मेडीकोफ्युजन हाइब्रिड नेपाल, फार्मेसी एसोसिएसन अफ नेपाल, नेपाल औषधि बिक्री तथा प्रतिनिधि सङ्घ, हाम्रो स्वास्थ्य क्लिनिक, दीर्घायु फार्मेसी आदि संघसंस्थाहरूको सहयोग रहेको संस्थाक सदस्य सन्तोष भण्डारीले जानकारी दिनुभयो।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया