गुल्मी । गुल्मीमा एक जना युवाले जन्म दिनको फजुल खर्च कटाएर विद्यार्थीको स्वास्थ्य परिक्षण गरेका छन् । गुल्मी जिल्लाको सदरमकाुम तम्घासमा शुभलक्ष्मी क्लीनिक सञ्चालन गर्दै आएका होम पल्लीले आफनो जन्म दिनमा हुन फजुल खर्च कटाएर विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरेर मनाएका हुन् ।
सदरमुकाम तम्घास स्थित उपल्लो तम्घास माध्यमिक विद्यालयमा अध्ययनरत फरक क्षमताका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरेर पल्लीले ३४ औं जन्म दिन मनाएका हुन् । जन्म दिनको अवसरमा आयोजित शिबिरमा फरम क्षमताका विद्याथीहरुसँगै शिक्षक शिक्षिकाहरुको पनि स्वास्थ्य परिक्षण गराएका थिए । शिबिरमा गुल्मी अस्पतालमा कार्यरत डा. अर्जुन केसीले विभिन्न रोगहरुको बारेमा चेक जाँच गरेका थिए । जन्म दिन मनाउने फजुल खर्च कटाएर सामाजिक क्षेत्रमा सानो भएपनि काम गरौं भन्ने उदेश्यले फरक क्षमताका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको पल्लीले बताए ।
पल्लीले प्रत्येक वर्षको जन्म दिनको फजुल खर्च कटाएर सामाजीक कार्य गर्दै आएका छन् । पछिल्लो समय होटल पार्टी प्यालेसहरु धेरै रकम खर्चेर जन्म दिन मनाउने प्रचलन बढ्दै गएको छ । तर, समाजमा केही उदाहरणीय युवाहरुले जन्म दिनको फजुल खर्च कटाएर समाजिक कार्य पनि गर्ने गरेका छन् । विद्यालयका प्राधानाध्यापक मधुप्रसाद गौतले जन्म दिनको अवसरमा फरक क्षमताका विद्यार्थीहरुको स्वास्थ्य चेक जाँच गरेर उदारणीय कार्य गरेको प्रति धन्यवाद दिए ।
उनले यस्ता कार्यले समाजमा जन्म दिन मनाउने फजुल खर्च कटाएर सामाजिक कार्य गर्नुपर्छ भन्ने प्रेरण जगाउने बताए । उपल्लो तम्घास माध्यमिक विद्यालयमा जिल्ला भरबाट २६ जना फरक क्षमताका विद्यार्थीले आवासीय रुपमा अध्ययन गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश श्रीपालीले बताए ।
विद्यालयमा २० जना बैरा र १० जना सुस्त मनस्थितिका विद्यार्थीहरुले अध्धयन गर्ने क्षमता रहेको छ ।
उक्त विद्यालयमा पछिल्लो समय विभिन्न संघ संस्था तथा व्यक्तिले जन्म दिनको अवसरमा विभिन्न खालका सहयोग गरेर फरक क्षमताका विद्यार्थीसँग मनाउने गरेका छन् ।