उद्योग व्यापार संघ बुटवलकाे टिमले मेयरकै कार्यकक्षमा पुगेर गरे कामको प्रशंसा



सुमन महतारा


गुल्मी । उद्योग व्यापार संग बुटवल बाट रेसुङ्गा घुम्न आएको टिमलले मेयरकाे कामको प्रशंसा गरेका छन् । हिजाे रेसुङ्गा घुम्नका लागि आएका उद्योग संग बुटवलकाे टिम दिउँसो रेसुङ्गा घुमि बास बस्न रेसुङ्गा १३ मा रहेकाे हाेम स्टेमा गएको उद्योग संघका महासचिव यमलाल मरासिनीले बताए ।                                                                      उनले सबै कुराले भरिपूर्ण हाेटलमा बस्न त बुटवलमा नै छन् नि यहाँ आएपछि यहाँकाे हाेम स्टेमा बसेर प्रचारप्रसार गर्न सहयोग पुग्ने भएका कारण पुन फर्किएर भगेरिमा रहेकाे हाेम स्टेमा गएको उनले बताए ।                                                                          उद्योग संघका रुपन्देही अध्यक्ष बिष्णु प्रसाद पाण्डेले पहिला आउँदा र अहिले आउँदामा रेसुङ्गामा धेरै विकास भएको रहेछ यसलाई निरन्तर दिनुहाेला भन्दै मेयरलाई सुझाव दिएका छन् । उनले तपाईंको कामको चाैतर्फि चर्चा र प्रशंसा हुने गरेको छ यसले निरन्तर पायो भने विकासले पक्कै गुल्मी धेरै माथि पुग्ने छ । कार्यक्रममा उद्योगीहरुले मेयर पन्थीलाई भगवान् गाैतम बुद्धकाे फाेटाे दिएर सम्मान गरे ।
मेयर पन्थीले स्थानीय तहको बजेटले मात्र साेचे अनुसारको काम गर्न नसकिएको बताए । उनले तपाईंहरु जस्ता उद्योगीहरु र निजि संघ संस्था संग सहकार्य गरेर मात्र साेचे अनुसार काम हुने बताएका छन् । उनले कार्यक्रममा सम्पूर्ण उद्योगीहरुलाइ सुझाव समेत माग गरेका छन् ।                                                                             कार्यक्रममा संस्थाका अध्यक्ष बिष्णु प्रसाद पाण्डे ,बरिस्ठ उपाध्यक्ष लाेकनाथ पन्थी, उद्योग उपाध्यक्ष पदम जिसि, महासचिव यमलाल मरासिनी, कार्यक्रम संयाेजक काेसल भण्डारी  लगाएत पदाधिकारी र सदस्यहरुकाे उपस्थिति रहेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया