गुल्मीदरबार गाउँपालिका पूर्ण पाेषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घाेषणा



सुमन महतारा


गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिका पूर्ण पाेषणमैत्री स्वास्थ्य संस्था सुनिश्चित गाउँपालिका घाेषण भएको छ । यश गाउँपालिकाले पूर्ण पाेषणमैत्री गाउँपालिका घाेषणका लागि यहाँका स्वास्थ्य संस्थाले सूचक पार गरेका कारण पाेषणमैत्री गाउँपालिका घाेषण गरिएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले बताए ।                                                                    यहाँका स्वास्थ्य संस्थाकाे निरन्तर अनुगमन मुल्यांकन गरेर पाेषणमैत्री गाउँपालिका घाेषणका निम्ति सिफारिस गरिएको प्रशासकीय अधिकृत राजिव पन्थीले बताए । गाउँपालिकाका स्वास्थ्य संस्थाबाट बालबालिकाकाे उपचार,गर्भवती महिलाको घरमा साङ्केतिक झण्डा खानपिन ,सहि समयमा चेकअप गरे नगरेको आइरन र क्याल्सियम खाए नखाएकाे ,स्वास्थ्य संस्थामा पाेषण कर्नर भए नभएको लगाएतका बिषयकाे अनुगमन मुल्यांकन र मापदण्डअनुसार यश गाउँपालिकाका स्वास्थ्य संस्था र गाउँपालिकालाइ पाेषणमैत्री गाउँपालिका घाेषण गरिएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्ण खत्रीले बताए । उनले गाउँपालिकाका स्वास्थ्य संस्थाले यी सुचक पार गरेका कारण पाेषणमैत्री गाउँपालिका घाेषण गरेको उनले बताए ।
कार्यक्रममा सात वटै वडाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाले जनचेतनामूलक स्वास्थ्य सम्बन्धि नृत्य प्रदर्शन ,पाेषण सम्बन्धि सामाग्री प्रदर्शनि समेत गरेका थिए ।

 

Jeewan and Rajan Tailors

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया