गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले गाउँपालिकाका ६२ जना नागरिकको आँखाको निशुल्क शल्यक्रिया गरेको छ । गाउँपालिकाले दुई बर्षकाे समयमा गाउँपालिकाबाट सिफारिस लिएर ६२ जना नागरिकले सेवा लिएको जिल्ला आँखा उपचार केन्द्रका सूचना अधिकारी वीर बहादुर कार्कीले जानकारी दिए । गाउँपालिकाबाट सिफारिस लगेकाे खण्डमा निशुल्क रुपमा आखाको उपचार गर्न सकिन्छ । गाउँपालिकाबाट सिफारिस लगेर जिल्ला आँखा उपचार केन्द्रमा गै निशुल्क रुपमा आखाको उपचार गर्न इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले बताइन । उनले आखाको अपरेसन गर्न एक जना व्याक्तिलाइ ६ हजार रुपैयाँ लाग्ने गर्दछ त्याे रकम गाउँपालिकाले तिर्ने बताइन् । गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले आखाको उपचारका लागि गाउँपालिकाले जिल्ला आँखा उपचार केन्द्र संग सम्झौता गरेकाे छ । गाउँपालिका स्वास्थ्य शाखा संग सिफारिस लिएर नि:शुल्क रुपमा उपचार लिन उनले सबै इस्मा बासिलाइ अनुरोध गरेका छन् ।
तपाईंको प्रतिक्रिया
-
महतारा Live Gulmi का सह-सम्पादक हुन् । उनी माउन्टेन टेलिभिजन र मध्यान्ह राष्ट्रिय दैनिकका संवाददाता पनि हुन् ।लेखक द्वारा अन्य