गुल्मी । रेसुङ्गा नगरपालिकाले नेपाल र नेदरल्यान्डस बीचको पहिलो खेल हाटबजारमा देखाउने भएको छ । टी-२० विश्वकप अन्तर्गत नेपाल र नेदरल्यान्ड बीचकाे पहिलो खेल तम्घास स्थित हाटबजारमा देखाउने नगरपालिका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए । उनका अनुसार, नगरपालिकाले खेलकुद क्षेत्रकाे विकास र प्रवर्द्धन गर्ने क्रममा नेपाल दाेस्राे पटक खेल्दै गरेको टी-२० विश्वकपकाे खेल सार्वजनिक रुपमा सबैलाई सहजताका लागि प्राेजेक्टरबाट देखाउन लागिएको हो । टी-२० विश्वकप अन्तर्गत नेपाल र नेदरल्यान्डबीचकाे पहिलो खेल आज साँझ नेपाली समय अनुसार ९:१५ मा हुँदैछ ।
तपाईंको प्रतिक्रिया
-
महतारा नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष हुन् । उनी माउन्टेन टेलिभिजन र मध्यान्ह राष्ट्रिय दैनिकका संवाददाता पनि हुन् ।लेखक द्वारा अन्य