मालिका गाउँपालिकाले एक वर्ष बित्दा समेत दिएन किसानबाट खरिद गरेको आलुको पैसा



सुमन महतारा


सुमन महतारा, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले कृषकबाट खरिद गरिएको आलुको  पैसा एक बर्ष बित्दा समेत दिएकाे छैन् ।
गुल्मीको मालिका गाउँपालिकाले गत बर्ष अर्खावाङ र हवाङ्दिका  कृषकबाट आलु लिएर सहि रैथाने आलुलाई ब्राण्डिङ, लेवलिङ र प्याकेजिङ गरी बजारमा ल्याइएको थियो  । परम्परागत रुपमा पुरानै शैलीमा उत्पादित स्थानीय जातको आलुलाई व्यवस्थित रुपमा बजारीकरण गर्न ब्राण्डिङ, लेवलिङ र प्याकेजिङ गरी बजारमा ल्याइएको आलुलाइ काठमाडौं र बुटवलका सहरमा समेत पुराइयाे ।
तर आलु बिक्रीवितरण गरिएपनि अहिलेसम्म कृषकले आलुको  पैसा नपाएको कृषक नारायण घिमिरेले बताए । घिमिरे हवाङ्दिका कृषक हुन उनले आफ्नो घरमा उत्पादन भएको चार कुइन्टल र आफ्नो टाेलमा उत्पादन भएको गरि जम्मा बीस कुइन्टल आलु गाउँपालिकालाइ उपलब्ध गराए । गाउँपालिकाले केजिकाे पचास रुपैयाँ र पाथिकाे एक सय पचास रुपैया दिने भनेर खरिद गरेको तर एक वर्ष बित्दा समेत पैसा नआउँदा रक्षक नै भच्छक नै हुन कि भन्ने उनले दुख्ख व्याक्त गरे । आफै घरबाट बिक्री गरेको भए उतिबेला नै सकिन्थ्यो गाउँपालिकालाइ दिदाँ एक बर्ष बित्दा समेत पैसा आएन उनले गुनासो गरे ।
गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले नै कृषकका समस्या बुझ्दैन्न अरुले कहाँबाट बुझुन गुनासो गरे । जनप्रतिनिधिलाई पटक पटक भन्दा समेत कुरा सुनाइ नभएको उनले बताए । त्यस्तै अर्खावाङ्की कृषक हिमा रेग्मीले पनि आलुको पैसा नपाएको गुनासो गरिन उनले असारमा घरमा नै उत्पादन भएको चाैध कुइन्टल आलु गाउँपालिकालाइ उपलब्ध गराएको तर एक बर्ष बित्दा आधा मात्र पैसा पाएकाे उनले गुनासो गरिन् ।
रेग्मी र घिमिरे दुई पात्र मात्र हुन गाउँपालिकाले कृषकबाट तीन सय कुइन्टल आलु कृषकबाट लिएको र हवाङ्दिका कृषकले एक रुपैयाँ पनि नपाएको र अर्खावाङका केही  कृषकले भने आधा रकम पाएका छन् ।
अर्खावाङका वडा अध्यक्ष नारायण अर्यालले भने कृषकलाई पच्चीस प्रतिशत रकम मात्र दिन बाँकी रहेको र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास खनालले आलुको लागि पैसा गाउँपालिकाबाट निकास भैसकेको र छिट्टै नागरिकले पाउने उनले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया