मेयर पन्थीकाे पहलमा भाडागाउँ सडकको कालोपत्रेका लागि ३४ करोड बढी बजेट सुनिश्चित



सुमन महतारा


गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीकाे पहलमा रेसुङ्गा नगरपालिका वडा नम्बर ३ भाडागाउँ जाने बाटो पिच गर्न बजेट सुनिश्चित भएको हाे । नगरपालिकाकाे वडा नम्बर ३ भाडागाउँ जानका निमित्त ३४ कराेड बढी रकम सुनिश्चित भएको नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । उनले लामो समयको प्रयास पछि बजेट ल्याउन सफल भएको बताएका छन् ।                                                                    भाडागाउँ सुन्तलका लागि देशमै प्रख्यात ठाउँ हाे जहाँबाट वार्षिक करोडौंकाे सुन्तला बिक्रीवितरण हुने गरेको छ । बाटो कच्ची र अफट्याराे भएका कारण सुन्तलाले पाउने पर्ने बजार नपाएको र अब बाटो पिच भएपछि सुन्तलाकाे बजारिकरण र भाडागाउँ बासिलाइ सहज हुने स्थानीय लक्ष्मण पाण्डेले बताए । याे बाटो पिच भयाे भने मुसिकाेट नगरपालिका हुदै बागलुङ जाने गाडिहरुलाइ सहजता थपिने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया