गुल्मीका अग्नी पीडितलाई यूके समाजबाट छ लाख नगद सहयोग



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको इस्मा र गुल्मीदरबारका अग्नी पीडितहरुका लागि गुल्मी जिल्ला समाज यूकेले ६ लाख रकम सहयोग गरेको छ । गएको वैशाख ८ गते आगलागीबाट इस्मा गाउँपालिकाको वडानम्बर–२ सिदुङखामा ३० वटा घरगोठ र गुल्मी दरबार गाउँपालिकामा पनि ६ वटा घर जलेर नष्ट हुनुका साथै करोडौंको क्षति भएको थियो ।

समाजले जिल्लावासीको सहयोगका लागि बेलायतमा संकलन गरेको रकम एक कार्यक्रमबीच पीडितकै गाउँ पुगेर हस्तान्तरण गरिएको हो । इस्मा गाउँपालिका वडानम्बर–२ का वडाअध्यक्ष लोकनाथ आचार्यको रोहबरमा गुल्मी जिल्ला समाज यूकेका प्रतिनिधि रणबहादुर खातीले स्थानीय सहयोग समितिलाई सहयोग चेक हस्तान्तरण गर्नुभयो ।
सहयोग रकममध्ये ४ लाख इस्मा गाउँपालिकाको वडानम्बर–२ सिदुङखामा र २ लाख रुपैयाँ गुल्मीदरबारका अग्नी पीडितलाई रहेको छ । सहयोग रकम हस्तातरण गर्दै गुल्मी जिल्ला समाज यूकेका प्रतिनिधि रणबहादुर खातीले अग्नी पीडितहरुलाई सानो सहयोगले मलम लगाउने कार्य गरेको बताउनुभयो ।

Jeewan and Rajan Tailors

उहाँले गुल्मी जिल्ला बासीको सुखःदुखमा साथ दिन र विभिन्न दैविकप्रपोकहरुका सहयोग गर्ने उदेश्लय संस्था स्थापना गरेको बताउनुभयो ।  संस्था स्थापना भएदेखि हालसम्म जिल्लामा करौडौं रकम सहयोग गरेको खातीको भनाइ छ । आगलागी पीडितका लागि देश तथा विदेशबाट विभिन्न सहयोगहरु आइरहेका भएपनि गुल्मी जिल्ला समाज यूकेले गरेको सहयोग संस्थागत रुपमा ठूलो राशीको सहयोग रहेको छ । सहयोग संकलनको लागि  इस्मा २ घर भइ हाल लण्डनमा बस्दै आएका भीम खनाल, फत्त थापा र खडग रेश्मीको अगुवाइमा विभिन्न व्यक्तिले सहयोग गर्नु भएको थियो ।

The Star Family Restaurant

सहयोग रकममध्ये ४ लाख यूके समाजले संकलन गरेको र २ लाख एन आर एन ए लण्डन शाखाले संकलन गरेको खातीले बताउनुभयो । सहयोग रकम बुझदै वडाअध्यक्ष आचार्यले पीडितहरुको पीडामा मलम लगाउने कार्य गरेकोमा धन्यवाद दिनुभयो । उहाले यो रकम पीडितहरुकै लागि पारदर्शी रूपमा वितरण हुने बताउनुभयो । अग्नी प्रभावित क्षेत्रमा विद्युत, खानेपानी र घर जलेर थुप्रिएका भग्नावश्यक संरचना हटाउने काम सम्पन्न भएको छ । अग्नी पीडितलाई तत्काल आवश्यक पर्ने सामाग्रीसँग प्रति घर डेढ कुन्टल खाद्यान्न पनि वितरण भएको वडाअध्यक्ष आचार्यको भनाइ छ ।

अब अग्नी पीडितलाई जिन्सी सामानमा टिन र नगद पैसाको आवश्यक रहेको गाउँपालिकाले जनाएको छ ।  राहत रकम वितरणमा समान रुपले गर्दै आएको आचार्यले बताए । अग्नी पीडितलाई आवास निर्माणकार्य सुरु भएको छ । आगोलागीबाट सबैभन्दा धेरै क्षति इस्मामा भएको थियो ।त्यससँगै मदाने, मुसिकोट, छत्रकोट, रूरू, गुल्मीदरबारमा धेरै क्षति भएको छ । अन्य स्थानीय तहमा पनि केही मात्रामा घर गोठ जलेर नष्ट भएका थिए ।

सिदुङ्खाका अग्नी पीडितहरु आवास निर्माणका लागि पुरानो संरचना हटाएर घर निर्माण सम्झौता गरेर काम अगाडि बढेको वडाअध्यक्ष आचार्यले बताउनुभयो  । वर्षात अगाडि नै आवासमा सार्ने गरि काम अगाडि बढेपनि काम गर्ने ज्यामीको अभाव रहेको आचार्यको भनाइ छ ।  सिदुङ्खामा अहिले  १५ घर निर्माणका लागि काक अगाडि बढेको छ ।  जिल्लामा गएको वैशाख महिनामा आगोलागीका कारणले १६९ घर गोठ जलेर नष्ट भएका थिए । १०० बढी पशुचौपाय जलेरका छन् ।

जिल्ला भर २ हजार बढी हेक्टर क्षेत्रफल वनमा डढेलो लागेको थियो । अहिले पानी पर्ने क्रम बढदै गएकाले आगोलागीका घटना बिस्तारै रोकिन थालेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया