गुल्मीमा निजामती कर्मचारी संगठनको प्रशिक्षण सम्पन्न



अनिल खत्री


गुल्मी । नेपाल निजामती कर्मचारी संगठन गुल्मीको आयोजनामा गुल्मीको सदरमुकाम तम्घासमा कर्मचारीहरुलाई जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कर्मचारीलाई विभिन्न विषयमा जानकारी गराउने उदेश्यले एक दिने प्रशिक्षण कार्यक्रम गरिएको नेपाल निजामती कर्मचारी संगठन गुल्मीका अध्यक्ष भीमलाल खनालले बताए ।

प्रशिक्षण कार्यक्रममा संघिय निजामति सेवा ऐन, ट्रेड युनियन, निजामती कर्मचारी संगठनको वर्तमान समसामयीक गतिविधि र आगामी कार्यदिशा लगायतको बारेमा जानकारी गराइएको थियो । प्रशिक्षण कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइरा, उपमहासचिव रामचन्द्र अधिकारी, केन्द्रय सदस्य पविसिङ कठायत लगायतले विभिन्न विषयमा जानकारी गराएका थिए ।

Jeewan and Rajan Tailors

कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहविचको अन्तरसम्बन्धको विषयमा जानकारी गराइएको थियो । सकारात्मक सोच र तनाव व्यवस्थापन, राजनीति र प्रशासनः सम्बन्ध लगायतको विषयमा पनि प्रशिक्षण दिइएको थियो । नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइरालाले संघिय निजामति सेवा ऐन कर्मचारीको मनोबल उच्च पार्ने गरी छिटो संसदबाट पारीत गरी लागु गर्नुपर्ने धारणा राखेका थिए । उनले संघ, प्रदेश र स्थानीइ तहका कर्मचारीलाई सर्व स्वीकार्य हुने गरी उक्त ऐन संसदबाट पारित गरिनु पर्नेमा जोड दिए ।

The Star Family Restaurant

ऐन छलफल र सुझाब ग्रहण गरेर ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसाल, संगठनका लुम्बिनी प्रदेश ईन्चार्ज दधिराम मरासिनी, नेकपा एमाले गुल्मीका युवा नेता हिरा एसी लगायतले कर्मचारीको उच्च मनोबल हुने गरि ऐन जारी गर्नुपर्नेमा जोड दिए । कर्मचारी देशमा चलेका सबै परिर्वतनका आन्दोलनमा महत्वपूर्ण योगदान रहेकाले उनिहरुको भावनामा चोट पर्ने गरी काम गर्न नहुने सहभागीको भनाइ थियो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया