रेसुङ्गा नगरकाे पहलमा ‘सालझण्डी-तम्घास-ढाेरपाटन’ सडककाे बिषयमा छलफल



सुमन महतारा


गुल्मी । रेसुङ्गा नगरपालिकाको पहलमा ‘सालझण्डी-तम्घास-ढाेरपाटन’ सडकको बिषयमा गुल्मी, अर्घाखाँची र पाल्पाका सराेकारवालासँग छलफल गरिएको छ । गुल्मीको रेसुङ्गा नगरपालिकाकाे आयोजना र पाणिनी गाउँपालिकाकाे व्यवस्थापनमा पाणिनी गाउँपालिकामा सालझण्डी-तम्घास-ढाेरपाटन सडकखण्डकाे बिषयमा छलफल गरिएको हो ।                                                                         समयमै सडकको काम नसकिएपछि निर्माण आयोजनाकाे जिम्मा लिएका निर्माण व्यावसायीसँग छलफलकाे आयोजना गरिएको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले बताए । कार्यक्रममा सालझण्डी-सन्धिखर्का ढाेरपाटन सडक खण्ड प्रमुख अन्जु परियारले याेजनाकाे अवस्था बजेट र काम भैरहेको ठाउँका बिषयमा जानकारी गराइन् । उनले अन्य निर्माण कम्पनीले भन्दा रमन ओम सुगम जेभीले समयमै काम नगरेका कारण म्याद थप गरेको बताइन् । समयमै काम नगरी म्याद थपेकाे साेही जेविलाई उपस्थित जनप्रतिनिधि र कर्मचारीले एक स्वरमा अझै पनि याे कम्पनीले काम गर्छ भन्ने कुराकाे बिश्वास हुने आधार नभएको बताए ।                                                                                कम्पनीका प्रतिनिधि राजदेव महताेले यहि जेठ २० गते भित्र ३ किमि बाटो पिच सक्ने बताएका छन् । अन्य निर्माण व्यावसायिलाई पनि समयमै काम सक्न जनप्रतिनिधिले दबाब दिएका छन् । कार्यक्रममा अर्घाखाँचीका समन्वय प्रमुख जिवनारायण काेइरालाले काममा देखिएक समस्याकाे बिषयमा सराेकारवलामा राख्न र सहकार्य र समन्वय गरि काम गर्न निर्माण कम्पनीलाई अनुरोध गरे । पाल्पा समन्वय प्रमुख टंक नाथ खनालले समयमै काम गरि सबैकाे विस्वास जित्न निर्माण व्यावसायीलाई अनुरोध गरे । त्यस्तै कार्यक्रममा गुल्मीका समन्वय प्रमुख द्रोण खत्रीले आयोजना इकाई र निर्माण व्यावसायिले समन्वय र सहकार्य अलि कम गरेकाे हाे कि भन्ने कुरा राखे । उनले सहयोग ,सहकार्य र समन्वय गरि अगाडि बढि समयमै काम सम्पन्न गर्न अनुरोध गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँची, पाल्पा र गुल्मी प्रमुख, रेसुङ्गा नगरपालिका प्रमुख, पाणिनी अध्यक्ष, छत्रदेव अध्यक्ष, रैनादेवी छहरा अध्यक्ष, गुल्मीदरबार अध्यक्ष, तिनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, दुईवटा जिल्ला प्रहरी डिएसपी निर्माण व्यावसायी पूर्वजनप्रतिनिधि कर्मचारी लगाएतकाे उपस्थिति रहेको थियो ।                                                                       ढाेरपाटन-सालझण्डी सडक खण्डकाे लम्बाई १९७.२०२ किमि रहेको छ । याे रुपन्देहीमा पाँच, पाल्पा १७.७, अर्घाखाँची ७३, गुल्मी ४० र बागलुङ ६१ किमि रहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया