नगरप्रमुख पन्थीको पहलमा रेसुङ्गामा जिपलाइन र साइकिलिङ निर्माणका लागि बजेट सुनिश्चित



सुमन महतारा


गुल्मी । गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा जिपलाइन र स्काई साइकिलिङ निर्माणका लागि बजेट सुनिश्चित भएको छ । रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीकाे पहलमा बजेट सुनिश्चित भएको हो ।                                                                              संघीय सरकारबाट जाउँ हिँड रेसुङ्गा अभियान अन्तर्गत पर्यटन पूर्वाधारकाे विकासका निम्ति उक्त आयोजनाको लागि करिब एक करोड ४२ लाख बराबरको बजेट व्यवस्थापन गरेकाे रेसुङ्गा नगरपालिकाकम प्रमख खिलध्वज पन्थीले बताए । उनले जसको काम तत्काल अगाडि बढ्ने तयारी भएको पनि बताए ।                                                                            बजेट सुनिश्चित भएपछि अब खरिद प्रक्रिया अगाडि बढ्ने उनले बताए । रेसुङ्गा घुम्न आउने पर्यटकलाई रेसुङ्गा मन्दिर संगै  नगरपालिकाले निर्माण गरेको रेसुङ्गा पार्कले अहिले पर्यटक आकर्षित गरिरहेको छ । हाल पर्यटकीय पूर्वाधारका लागि बजेट सुनिश्चित भएकोमा जिपलाइन र साइकिलिङ बनेपछि पर्यटककाे थप मुख्य गन्तव्य बन्ने नगरप्रमुख पन्थीले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया