गुल्मीको रेसुंगा विमानस्थलबाट साप्ताहिक चार उडान हुने



सुमन महतारा


गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट अब हप्ताको चार दिन उडनज हुने भएको छ । पहिला तीन दिन आउँदै गरेको पेलेन अब हप्ताको चार दिन आउने भएको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरण संग सिमित जहाज हुदापनि निरन्तरताको प्रयास र आग्रह पछि हप्ताको चारदिन उड्डयन हुने उनले बताए । प्रतेक दिन चलाउन पहल गरिरहेका छाैं साथै निजि जहाज चलाउन पनि पहल गरेका छाैं । छिट्टै त्याे पनि पूरा हुने उनले बताए ।
पहिला हप्ताको साेमबार, बुधबार र शुक्रबार आउने गरेको अब शनिबार पनि आउने छ । रेसुङ्गाबाट काठमाडौं जानकाे लागि सात हजार ८० रुपैयाँ लाग्दछ भने काठमाडौं बाट रेसुङ्गाकाे लागि बहत्तर सय ८० रुपैयाँ लाग्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया