इस्मा गाउँपालिकाले आगलागी पीडितलाई घर निर्माणका लागि तत्काल एक/एक लाख दिने



सुमन महतारा


गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले अग्निपिडितकाे घर निर्माणका लागि तत्काल एक/एक लाख रुपैयाँ दिने भएको छ । १२ बैशाख २०८१ मा बसेकाे कार्यपालिकाकाे बैठकले आगलागी पीडितलाई घर निर्माणका लागि तत्काल एक/एक लाख दिने निर्णय गरेको  गाउँपालिका उपाध्यक्ष तथा प्रवक्ता अधिवक्ता पार्वती कुँवरले बताइन् । बर्खा लाग्नु भन्दा अगाडि आवस निर्माण गर्ने हेतुका साथ कार्यपालिकाबाट यो निर्णय गरिएको उनले बताइन् । घर निर्माण प्रक्रिया आजैदेखि सबै ठाउँमा सुरु हुनेछ ।                                                                        गाउँपालिका भित्रका २६ घर जल्दा १९९ परिवारका सदस्यहरु प्रभावित भएको र उहाँहरूले घर निर्माणका लागि अन्य जुनसुकै सहयोग गर्न पनि तयार रहेको गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले बताए । उनले राहत र उद्धारका काम तिव्र रुपमा भएको बताए । उनले सहयोग गर्ने सहयोगी दाताहरूले गाउँपालिकाकाे
ग्लोवल आइएमई बैक इस्माको ग–७–२ प्रकोप व्यावस्थापन कोषको खाता नं ३५७०४०१००००००५ मा नगद सहयोग गर्न सकिने उनले बताएका छन् ।                                                                                  गाउँपालिकाकाे ९ बैशाखमा बसेकाे कार्यापालिकाकाे बैठकबाट इस्माका सम्पूर्ण जनप्रतिनिधीबाट एक महिनाको पारिश्रमीक र कर्मचारीहरुबाट मासिक पारिश्रमीकको ५ प्रतिशत रकम अग्नीपीडितको लागि सहयोग गर्ने निर्णय गरिसकेका थिए  । जनप्रतिनिधीको पाँच लाख ६ हजार र कर्मचारीको एक लाख ५७ हजार गरेर ६ लाख ६३ हजार हुने छ । अग्नीपीडितका लागि माैसम जन्य बिपत् अन्तर्गत संघ, प्रदेश र स्थानीय तहकाे साझेदारीमा जम्मा चार लाख रुपैयाँ अग्निपिडितले पाउने छन् । प्रतिघर जम्मा पाँच/पाँच लाख रुपैयाँ घर निर्माणका लागि पाउनेछन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया