बत्ती बिनाको अध्याँराे गाउँ मालिकाकाे हवाङ्दी : अझै विद्युत् पुगेन



सुमन महतारा


गुल्मी । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ३ हवाङ्दीमा अहिलेसम्म केन्द्रीय प्रशारण लाइन बिधुत पुग्न सकेको छैन् । देशका अधिकांश भुभागमा बिधुत पुगिसकेर पनि नेपाल सरकारले २०७५ सालमा नेपाललाई लाेडसेडिङ मुक्त देश घाेषण गरिसकेको छ । लाेडसेडिङ मुक्त भएको ६ बर्ष सम्म मालिकाकाे हवाङ्दिमा बिधुत पुग्न नसक्दा अझै अध्यारोमा बस्नुपर्ने समस्या रहेको छ ।                                                                              गाउँमा अझै बत्ती पुग्न सकेन स्थानीय सरकारले सहयोग नै गरेनन् संघकाे बजेटबाट टेण्डर भएको भएपनि कामले गति नलिएको स्थानीय अमर थापाले गुनासो गरे । उनले भने ` हामी कहिले सम्म अध्याराेमा बस्नुपर्ने हाे थाहा छैन ´ अहिलेसम्म बिधुत आइपुगेको छैन अरु के कुराकाे आश राख्नु खै उनले भने ।                                                                               बैकल्पिक बिधुतकाे रुपमा लघु जलविद्युत स्थानीय स्तरमा उत्पादन गरेको र साझामा केही समय बिधुत चल्ने गरेको छ । त्यही समयमा  माेबाइलहरु चार्जर गरि राख्ने गरेको स्थानीय खडक बहादुर थापाले बताएका छन्  । ठुलो पानी पर्याे भने र चैत बैशाखमा सुख्ख माैसम हुदा  त्यहि बिधुत पनि नचल्ने गरेको उनले गुनासो गरे ।                                                                                 केन्द्रीय प्रशारण लाइनका लागि पाेल गाडी सकिएको र छिट्टै तार तानेर बिधुत सञ्चालन गरिने वडा अध्यक्ष ज्ञान कुमार बुढाले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया