गुल्मी । गुल्मीमा आगोलागीबाट घर गोठ जलेर नष्ट भएका छन् । जिल्लाको इस्मा गाउँपालिा वडानम्बर–६ बुल्म निवासी मोटे कुमालको ढुङ्गा, माटो, टिनको छानो भएको २ तले कच्ची घर, गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घरमा सोलरको प्यानल अचानक पड्किन गई आगोलागी हुँदा घर भित्र रहेको अन्नपात, लत्ताकपडा, काठदाउरा, भाँडाकुँडा जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो । आगोलागीबाट १ बाख्रा जली मृत्यु भएको छ ।
सोमबार दिउँसो आगी भएपछि स्थानीय र प्रहरीको सहायतामा आगोलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगालागीको घटना हुँन साग धनार्जी प्रहरी चौकीबाट हवल्दार पिताम्बर बस्नेतको कमाण्डमा ३ जनाको टोली, दमकल स्थानियले नियन्त्रणमा लिएका थिए । पछिल्लो एक साता भित्र आगोलागिबाट इस्मामा मात्रै ठूलो क्षति भएको छ । गर्मी र सुख्खा सिजन शुरुभएसँगै गुल्मीमा आगोलागीबाट करोडौंको क्षती भएको छ । जिल्लाका विभिन्न ठाउँमा सामुदायिक बनमा लागेको आगो एक्कासी बस्तीमा पुगेपछि घर गोठसँगै पशुचौपाय पनि मरेका छन् ।