इस्मा आगलागी : पीडितलाई जनप्रतिनिधिबाट पाँच लाख र कर्मचारीबाट डेढ लाख सहयोग



सुमन महतारा


गुल्मी । इस्मा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले अग्नी पीडितको लागि आर्थिक  सहयोग गर्ने भएका छन् । इस्माका सम्पूर्ण जनप्रतिनिधीबाट एक महिनाको पारिश्रमीक र कर्मचारीहरुबाट मासिक पारिश्रमीकको ५ प्रतिशत रकम अग्नीपीडितको लागि सहयोग गर्ने इस्मा गाउँपालिकाले ९ बैशाखमा बसेकाे कार्यापालिकाले  निर्णय गरेको छ ।
जनप्रतिनिधीको पाँच लाख ६ हजार र कर्मचारीको एक लाख ५७ हजार गरेर ६ लाख ६३ हजार हुने इस्मा गाउँपालिकाका लेखा अधिकृत अशोक कुमार खड्काले जानकारी दिए ।

जनप्रतिनिधी र कर्मचारीहरुले सहयोगको सुरुवात आफुहरुबाट गरेका छन् । ८ बैशाखको डढेलोका कारण इस्माका तीन दर्जन घरहरु जलेर नष्ट हुँदा नागरिकको बिचल्ली भएको छ । करिव चार दर्जन गोठ र दर्जनौ पशुचौपायहरु जलेर नष्ट भएका छन् । इस्मा गाउँपालिकाले डढेलोबाट पीडित परिवारको राहत तथा पुर्नस्थापनाको लागि सर्वपक्षिय सहयोगको अपिल समेत गरेको छ । गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले अग्नी प्रभावित क्षेत्रमा घर, गोठ, खानेपानी, पशुचौपाय र लत्ताकपडा क्षति भएकाले तत्काल प्रबन्ध गर्न साथै दिर्घकालिन पुर्नस्थापना गर्नुपर्ने भएकोले आवश्यक सहयोगको लागि खड्काले आग्रह गरेका हुन् ।

Jeewan and Rajan Tailors

गाउँपालिकाले सहयोगलाई एकद्धार बनाउने योजना बनाएको छ । जसको लागि गाउँपालिकाको ग्लोवल आइएमई बैक इस्माको ग–७–२ प्रकोप व्यावस्थापन कोषको खाता नं ३५७०४०१००००००५ मा नगद सहयोग गर्न सकिने पालिकाले जनाएको छ । गाउँपालिकाले प्रभावित क्षेत्रमा खाद्यान्यसहित दैनिक उपभोग्य सामग्री वितरण, गाउँपालिकाका  पलम्बर मार्फत खानेपानी संचालन, गाउँपालिकाका इलेक्ट्रिसियनबाट बिधुत मर्मत , गाउँपालिकाका प्रधानमन्त्री राेजगार कार्यक्रममा खटिएका नागरिक र  सुरक्षाकर्मीकाे सहयोगमा मृत पशुचौपायको व्यावस्थापनको काम गरिसकेको गाउँपालिका  उपाध्यक्ष अधिवक्ता तथा प्रवक्ता पार्वती कुवंरले जानकारी दिइन् ।

The Star Family Restaurant

आगलागी पीडितहरुको उद्धार, राहत तथा पुर्नस्थापनाको लागि जिल्ला प्रशासन कार्यालयसहित सुरक्षा निकाय, रेडक्रम सोसाइटी, सांसद तथा संघसंस्थापनि सक्रिय देखिन थालेका छन् । जिल्ला बिपद् व्यावस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माका अनुसार इस्मा र मदानेका अग्नीपीडितहरुको लागि तत्काल राहत स्वरुप प्रति घर २० हजार रकम प्रदान गरिएको छ । अहिलेसम्म ३० घर परिवारले रकम प्राप्त गरेका छन् । त्यो बाहेक रेडक्रस सोसाइटीबाट टेण्ट र कम्बल लगायतका सामग्रीको व्यावस्थापन भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया