रेसुङ्गा नगरपालिकामा एकीकृत घुम्ती शिविर र नागरिकसँग मेयर कार्यक्रम शुभारम्भ



सुमन महतारा


गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा आज देखि एकीकृत घुम्ती शिविर र नागरिक संग मेयर कार्यक्रमकाे सुभारम्ब भएको छ । नागरिकलाई सहज तरिकाले वडा तहमै पुगेर सेवा दिने हेतुका साथ एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले बताए । नगरपालिकाबाट उपलब्ध हुने सेवाहरु सामाजिक सुरक्षा भत्ता बितरण, ज्येष्ठ नागरिक परिचयपत्र बितरण, माटो परिक्षण, पशुकाे स्वास्थ्य परिक्षण, औंषधि बितरण, मानिसको स्वास्थ्य परिक्षण औंषधि बितर, सुगर परिक्षण, किड्नी परिक्षण लगाएतका कामहरु घुम्ती शिविरबाट उपलब्ध हुने अर्यालले बताए ।

सहि कार्यक्रमबाट नागरिक संग मेयर कार्यक्रम पनि सुभारम्ब गरिएको छ । एकीकृत घुम्ती शिविर नगरपालिकाका १४ वटै वडामा संचालन हुने छ । नागरिकका समस्या र गुनासोलाई सम्बन्धित वडामै पुगेर सुन्ने र जवाफ दिनका लागि नगरपालिकाले नागरिक संग मेयर कार्यक्रमकाे सुभारम्ब गरेको छ । नागरिक संग सिधै पहुँचमा रहन र नागरिकको गुनासो सुन्ने र सुझाव लिनकाे लागि सहि कार्यक्रमकाे सुभारम्ब गरिएको नगरप्रमुख पन्थीले बताए  । मेयर पन्थीले विकासका कार्यक्रम निरन्तर चलिरहेको र पाँच बर्षमा नागरिकको अपेक्षा अनुसार पूरा हुने बताए । उनले भने `एक बर्षमा नगरपालिका भित्र २४ किमि बाटो पिच गरियो त्यतिमात्र हैन जहाज चलाउँने कुरा गर्दा नचाहिने कुरा नगर भन्थे साथीहरू तर अहिले हप्तामा तिनपटक त्यसैमा पनि नेपाल एयरलाइन्स ´ सञ्चालन गरेको बताए ।

Jeewan and Rajan Tailors

नागरिकको सहज पहुँचका लागि नेपाल नागरिक उडान प्राधिकरण संग निरन्तर छलफल गरेको र टिकटमा नागरिकको सहज पहुचका लागि निरन्तर पहल गरेको उनको भनाइ छ । नगरपालिकाले आज दोस्रो चाैमासिककाे सार्वजनिक सुनुवाइ समेत गरेको छ । कार्यक्रम रेसुङ्गा नगरपालिका वडा नम्बर ४ काे अर्खालेमा सम्पन्न भएको हाे ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया