गुल्मीमा नेपाल प्रहरी श्रीमती संघको नि:शुल्क स्वास्थ्य शिविरबाट दुई सय बढी लाभान्वित



टाेपलाल अर्याल


गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीमा संचालित नि:शुल्क स्वास्थ्य शिविरमा दुई सय सात जनाले सेवा लिएका छन् । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय गुल्मीको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

शिविरमा गाइनोलोजिष्ट तर्फ महिला ५७, नेत्र परिक्षण ९०, भिडियो एक्सरे एक सय चार, फिजिसियन एक सय ३१, इसिजि ७५ र एक सय १९ जनाले प्रयोगशाला सेवा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए । शिविरको नेपाल प्रहरी श्रीमतीसंघ केन्द्रिय अध्यक्ष लक्ष्मी कुवंरले उद्घाटन गरिन् । उनले संस्थाले सामाजिक उदरदायीत्व पुरा गर्ने सन्दर्भमा गुल्मीमा जनताको सेवा गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

Jeewan and Rajan Tailors

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा र स्त्री रोग बिशेषज्ञ डाक्टर ज्योति श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशले शिविर सम्पन्न गर्न सहजीकरण गर्ने विभिन्न संस्था र डाक्टरहरुको टोलीलाई प्रसंसा पत्रले सम्मान गरेको थियो । कार्यक्रम नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश प्रमुख निलम कडायतको अध्यक्षता, नेपाल प्रहरी श्रीमती संघ केन्द्रिय अध्यक्ष लक्ष्मी कुवंरको प्रमुख आतिथ्यता, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजन भुजेलको स्वागत तथा प्रहरी निरीक्षक किरण सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया