इस्माका प्राविधिक पढ्ने विद्यार्थीलाई पच्चीस हजार बढि छात्रवृत्ति



सुमन महतारा


गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले याे बर्ष पनि प्राविधिक पढ्ने विद्यार्थीलाई २५ हजार छात्रवृत्ति दिने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारि गर्दै इस्मा गाउँपालिका भित्रका विभिन्न १० बिधामा प्राविधिक अध्यान गर्ने बिद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँने लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताए ।

उनले प्राविधिक क्षेत्रका दश बिधाहरु कृषि प्राविधिक, पशु प्राविधिक ,ल्याब असिस्टेन्ट,ल्याब टेक्निसियन ,नसिङ्ग हेल्थ असिस्टेन्ट,फार्मेसी जियोम्याट्रिक ,इन्जिनियरिङ्ग ,उद्यम विकास सहजकर्ता र सब-इन्जिनियर पढ्ने दश बिधाका बिद्यार्थीलाई २५ हजारका दरले  गाउँपालिकाले छात्रवृत्ति उपलब्ध गराउने उनले जानकारी दिए ।

Jeewan and Rajan Tailors

छात्रवृत्तिका लागि ३० दिन भित्र आवेदन दिनुपर्ने र पूर्व परिक्षाका आधारमा प्रत्येक बिधामा उत्कृष्ट अङ्क प्राप्त गर्ने एक / एक जनालाई छात्रवृत्ति दिईने छ । गाउँपालिका उपाध्यक्ष तथा प्रवक्ता अधिवक्ता पार्बती कुवँरले गाउँपालिकामा प्राविधिक विषय पढाइ हुने २ वटा विद्यालय रहेको तर प्राविधिक पढ्ने विद्यार्थी सङ्ख्या भने एकदमै न्यून रहेकाेले प्राविधि क्षेत्रकाे आकर्षण बढाउने उद्देश्यले पालिकाले उक्त कार्यक्रम अगाडि सारेको उनले बताइन ।

The Star Family Restaurant

गाउँपालिका भित्रका विद्यार्थीहरु प्राविधिक विषय पढ्ने कम मात्रामा भएकाे, पालिकामा प्राविधिक कर्मचारी राख्नुपर्दा पनि बाहिर जिल्लाबाट खाेज्नुपर्ने समस्या भएकाले ‘इस्माकै नागरिक इस्मामै सेवा’ लागि छात्रवृत्ति दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भगत सिंह खण्डकाले बताएका छन् । त्यस्तै गाउँपालिकाले तत्काल ईस्मा ४ दोहोलिमा पाँच शैयाकाे अस्पताल सञ्चालन हुँदै गरेको र त्यहाँ पनि इस्माकै जनशक्ति राख्ने लक्ष्यका साथ छात्रवृत्ति नै दिएर भएपनि प्राविधिक क्षेत्रकाे आक्रषण बढाउन लागिएको  अध्यक्ष खड्काले बताए ।

गाउँपालिकाले प्रविधिक क्षेत्रमा धेरै करारमा कर्मचारी राखेकाे छ तर स्थानीय नभेटिने समस्या भएकाले उपाध्यक्ष काेष कार्यविधि नै बनाएर छात्रवृत्ति दिन थालिएकाे गाउँपालिकाले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया