गुल्मी अस्पतालद्वारा नगरप्रमुख पन्थीलाई सम्मान



सुमन महतारा


गुल्मी । गुल्मीको गुल्मी अस्पतालले रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रमुख खिलध्वज पन्थीलाइ सम्मान गरेको छ । मेयर पन्थी र रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पताललाई अतुलनीय सहयोग गरेको र गुल्मी अस्पतालकाे सर्वाङ्गिण विकासमा अतुलनीय सहयोग गरेको भन्दै सम्मान गरेको छ ।

मेयर पन्थीकै नेतृत्वले गुल्मी अस्पतालमा कार्यरत हाडजोर्नी बिशेषज्ञ डाक्टरलाई सरकारले उपलब्ध गराएको बराबर सेवा,हाडजोर्नीलाई आवस्यक पर्ने झण्डै ३० लाख पर्ने सिआर्म मेसिन र डायलशिस सेवा सुचारू गर्नका निमित्त अत्यन्तै खटेका कारण सम्मान गरिएको जनस्वास्थ्य निरिक्षक बाेम अर्यालले बताए ।

Jeewan and Rajan Tailors

मेयर पन्थी संगै गुल्मी अस्पतालले गुल्मी अस्पतालमा कार्यरत हाडजोर्नी राेग बिशेषज्ञ डाक्टर प्रदिप शिवाकोटी , अस्पतालमा लामो समय देखि कार्यरत स्वास्थ्यकर्मी रमेश पन्थी ,खिम ज्ञवाली ,विन्दु विस्वकर्मा र ४० बर्ष देखि अस्पतालमा कार्यरत देव बस्नेतलाई अस्पतालले सम्मान गरेको हाे ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया