गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा दुई दिन सम्म सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा एक्तीस सय ८७ जना नागरिकले सेवा लिएका छन् । इस्मा गाउँपालिकाकाे आयोजना र सुशीला काेइराला स्मृति प्रतिष्ठान र काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा तीन हजार एक सय सतासि नागरिकले विभिन्न स्वास्थ्य चेकजाँच र औसधि उपचारमा भाग लिएको इस्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पदमलाल अधिकारीले बताए ।
बिशेषज्ञ डाक्टरले नै सेवा दिएपछि नागरिक हर्षित थिए । जसमध्ये एक हजार तीन सय सय ५१ जनाले जनरल मेडिसिनलाई चेकजाँच गराए । प्रसुती तथा स्त्रीरोग बिशेषज्ञलाई दुई सय जना, बाल राेग बिशेषज्ञलाई सय जना, मानसिक तथा नशा राेग बिशेषज्ञलाई एक सय पचास जना, हाडजोर्नी बिशेषज्ञलाई पाँच सय दस जना, छाला तथा याैनराेग बिशेषज्ञलाई एक सय पन्ध्र जना, नाक कान घाँटी बिशेषज्ञलाई १२० जना, दन्त राेग बिशेषज्ञलाई सतासी जना, मुटुराेग बिशेषज्ञलाई तीन सय पचास जनाले साथै शल्यक्रिया एक सय पाँच, आखा परिक्षण एक सय बीस र प्याथाेलाेजि सेवा दुई सय छ्यासठ्ठि गरि तीन हजार एक सय सतासी जनाले सेवा लिएको इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले बताइन् ।
धेरै नागरिक सहभागी भएर स्वास्थ्य उपचारमा भाग लिएकोमा गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले धन्यवाद दिएका छन् । उनले नागरिकको स्वास्थ्य प्रति इस्मा गाउँपालिका संवेदनशील रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि पूर्व राज्यमन्त्री अमर पुनले गाउँ तहमा केन्द्रबाट प्राविधिक सहयोग गर्ने काठमाडौं मेडिकल कलेज र सुशील काेइराला स्मृति प्रतिष्ठान साथै नागरिकको स्वास्थ्य जस्तो संवेदनशील बिषयलाइ यति महत्त्वपूर्ण तरिकाले शिविर सञ्चालन गरेरै सेवा प्रदान गरेकोमा गाउँपालिकालाइ धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा रास्ट्रिय सभा सदस्य बिष्णु कुमारी सापकोटा लुम्बिनी प्रदेश सांसद निमा गिरी, जिल्ला समन्वय प्रमुख दाेणा बहादुर खत्री, रेसुङ्गा नगरपालिका मेयर खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारि कृष्णप्रसाद शर्मा, काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ, गाउँपालिका पूर्व अध्यक्ष लक्ष्मण बिष्ट, माओवादी केन्द्र जिल्ला इन्चार्ज वीर बहादुर कार्की, मालिका गापा उपाध्यक्ष उपेन्द्र अर्याल लगाएतकाे उपस्थिति रहेको थियो ।