गुल्मी । स्वावलम्वन लघुवित्त वित्तीय संस्था लिमिटेडले २ दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । संस्थाले १४ गते रुरुक्षेत्र गाउँपालिकामा र १५ गते तम्घासमा वित्तीय साक्षरता गरेको हाे । संस्थाले समग्र कार्यक्रमकाे गुणस्तरमा सुधार ल्याउन ,संस्थाकाे परिवर्तित नीति नियमहरु स्पस्ट पार्न लघुवित्तमा हाल देखिएको विभिन्न समस्या र त्यसको समधानका उपायहरुकाे खाेजि गर्न, महिला शसक्तिकरण,नेतृत्व विकास ,उद्मशिलता विकासमा टेवा पूर्याउने उदेश्यले यश कार्यक्रमकाे आयोजना गरिएकाे संस्थाका बरिस्ठ प्रबन्धक फननारायण सुवेदीले बताए ।
संस्थाले कार्यक्रम दोस्रो दिन तम्घासकाे निलगिरिमा सञ्चालन गरेको थियो दोस्रो दिन लगभग एक सय नागरिकको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी महिलालाई आफुले बचत गरेको रकम र बिना याेजना रिण नझिक्न कार्यक्रमका प्रमुख अतिथि रेसुङ्गा नगरपालिका उपमेयर अमृता देवि कुवँरले बताइन् । धेरै लघुवित्तमा आबद्ध हुने र विना याेजना रिण लिएर फजुल खर्च गर्नाले समस्याहरु पैदा भएका छन् । त्यसप्रति सचेत रहन कार्यक्रममा उपस्थित सहभागीलाई उनले जानकारी गराएकि छन ।
कुवँरले यश संस्थाले वित्तीय साक्षरता गरेको र सबैलाई धेरै बिषयमा जानकारी गराएको प्रति धन्यवाद दिइन ।