गुल्मीको रेसुङ्गा नगरपालिका कार्यसम्पादनमा देशभरमै तेस्रो



सुमन महतारा


गुल्मी । आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा गुल्मीको रेसुङ्गा नगरपालिका देशभरमै तेस्रो बनेको छ । बुधबार सार्वजनिक नतिजा अनुसार देशभरका नगरपालिका मध्ये रेसुङ्गा तेस्रो बनेको हो ।

रेसुङ्गा नगरपालिकाले ५०.०३ अङ्क प्राप्त गरेको छ । पहिलो बनेको छिमेकी जिल्ला अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकाले ६१.८१ अङ्क प्राप्त गरेको छ । दोस्रो बनेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले ५३.८४ अङ्क प्राप्त गरेको छ ।

Jeewan and Rajan Tailors

रास्ट्रिय प्राकृति स्राेत तथा वित्त आयोगकाे प्रारम्भिक नतिजा अनुसार रेसुङ्गा नगरपालिकाले  ५०.०३ अंक प्राप्त गरी नगरपालिका मध्येमा रेसुङ्गा नगरपालिका देशकै तेस्रो बनेको हाे । भने देशभरका स्थानीय तहमा आठाैं बनेको छ । नेपालमा नगरपालिका २७६ रहेका छन् ।

The Star Family Restaurant

त्यस्तै गाउँपालिका भरिमा गुल्मीको मालिका गाउँपालिका देशमा प्रथम भएको छ । मालिका गाउँपालिकाले ५५.४० अङ्क प्राप्त गरेको छ । महानगरपालिका भरमा चितवनको भरतपुर महानगरपालिका प्रथम भएको छ । चितवनले भरतपुर महानगरपालिकाले ५६.२९ अङ्क प्राप्त गरेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया