नेकपा एमाले गुल्मी छत्रकाेट- रुपन्देही सम्पर्क मञ्चद्वारा रगत संकलन



सुमन महतारा


गुल्मी । नेकपा एमाले गुल्मी छत्रकोट – रुपदेही सम्पर्क मञ्च द्वारा ४३ युनट रगत संकलन भएको छ । पार्टीको दोस्रो अधिवेशन पश्चात पहिलो कार्य रगत संकलन गरिएको हाे ।

गुल्मी घर भै बुटवल राेजगारि र व्यावसायि गर्ने नेकपा एमालेका सदस्यहरु आबद्ध सम्पर्क मञ्चले पहिलो कार्य रक्तदान जीवन दान बाट अभियान सुरु गरिएको संयाेजक भुवन पन्तले बताए ।
उनले मान्छेले निस्वार्थ रुपमा अरुलाइ पुन जीवन दिने जस्तो महान काम रक्तदान दिने कार्य भएकाले यसमा सहभागी सम्पुर्णमा धन्यवाद दिएका छन ।
रगत संकलन बुटवल रक्त सञ्चार केन्द्र (ब्लड बैंक) मा भएको थियो ।
रक्तदान कार्यक्रममा नेकपा एमाले छत्रकाेट गाउँ कमिटी अध्यक्ष पिताम्बर अर्यालकाे समेत उपस्थिति रहेको थियो ।

Jeewan and Rajan Tailors

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया