स्वयंसेवी रक्तदाता समाज गुल्मीको अध्यक्षमा पाण्डे निर्वाचित



अनिल खत्री


गुल्मी । नेपाल रक्तदाता स्वयंसेवी समाज जिल्ला शाखा गुल्मीको अध्यक्षमा भेषराज (धुव्र) पाण्डे निर्वाचित भएका छन् । शनिवार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो जिल्ला अधिवेशनबाट पाण्डेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा कृष्णप्रसाद पाण्डे, सचिवमा बीरबहादुर कार्की, कोषाध्यक्षम विष्णुप्रसाद अधिकारी रहेका छन् । त्यस्तै सदस्यहरुमा देवरीराम पाण्डे, ढुण्डीराज पन्थी, झविलाल पाण्डे, जयप्रकाश भट्टराई, निर्मला पोखरेल, केशव अधिकारी र श्यम पन्थी रहेका छन् ।

Jeewan and Rajan Tailors

ब्लड बैंक नभएको गुल्मीमा रगत अभावको परिपुर्ति नेपाल रक्तदाता स्वयंसेवी समाज गुल्मीले काम गर्दै आएको छ । नेपाल रक्तदाता स्वयंसेवी समाज जिल्ला शाखा गुल्मी २०७६ मा ३६ जना सदस्यबाट सुरु भएको थियो ।
हाल एक सय २० जना आजिवन सदस्य रहेको यस संस्थाले सहयोगी संस्थाको सहकार्यमा गुल्मीमा रगत अभावको परिपुर्ति गर्दै आएको छ ।

The Star Family Restaurant

शनिबार तेस्रो साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशनको अवसरमा ब्लड बैंकको काम गरिरहेको संस्थाको विभिन्न सामाजिक संघसंस्थाले प्रशंसा गरेका थिए । कार्यक्रमको उद्धाटन सत्रमा नेपाल रक्तदाता स्वयंसेवी समाज नेपालका केन्द्रीय महासचिव कृष्ण चौहानले गुल्मी जिल्ला शाखाले गरिरहेको समाजिक कर्मको खुलेर प्रशंसा हुन् ।

उनले रगत अभावमा कुनै बिरामीको ज्यान नजायोस् भन्ने हेतुले गठित संस्थाले निःशुल्क रुपमा काम गर्दै आइरहेको छ । संस्थाले जिल्ला प्रहरी कार्यालय गुल्मी, सशस्त्र प्रहरी बल गुल्मी, संग्राम सार्दुल गुल्मी गुल्मी, नेपाल रेडकक्रस सोसाइटी, संचार माध्यम र अन्य क्रियाशील सामाजिक संघसंस्थाको सहयोगमा गुल्मी अस्पतालमा बिरामीलाई आवश्यक पर्ने रगतको व्यवस्था गर्दै आएको नेपाल रक्तदाता स्वयंसेवी समाज जिल्ला शाखा गुल्मीका संस्थापक अध्यक्ष नमाराज मरासिनीले बताए ।

यसरी सामाजिक सेवा गर्दै आइरहको संथाको गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले शुभकामना ब्यक्त गरे । उनले सबैको साझा सहयोगले मानव बचाउने कार्यमा हातेमालो गरेर अगाडी बढने उदघोष गरे । जिल्ला समन्वय समिति गुल्मीको एक कोठामा कार्यालय संचालन गर्दै आएको छ । नेपाल रक्तदाता स्वयंसेवी समाज नेपाल जिल्ला शाखा गुल्मीले आफूले रगत अभाव हुन नदिएपनि जिल्लामा ब्लड बैंक आवश्यक पर्ने मरासिनीले बताए ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले संस्थाले आवश्यक गरेबमोजिम रगत थप आवश्यक पर्ने भएमा त्यसतर्फ छलफल गरेर अगाडी बढ्ने धारणा ब्यक्त गरे । संस्थाले गुल्मीमा गत साउनदेखि यता १८० पोका रगत संकलन गरी गुल्मी अस्पतालमा खपत गरेको छ ।

जिल्लाबाट ३०० पोका रगत संकलन गरेर बुटवल पठाएको संस्थाका संस्थापक अध्यक्ष मरासिनीको भनाइ छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया