मालिका तारा-२०८० बनिन् छापहिलेकी पायल खनाल



सुमन महतारा


गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले सञ्चालन गरेको मालिका तारा २०८० काे बिजेता मालिका ५ छापहिलेकि पायल खनाल बनेकी छन् ।

मालिका गाउँपालिकाकाे आयोजना र जनाधार मिडिया प्रालिको सहकार्यमा माघ २१ गते देखि सञ्चालन भएको मालिका तारा कार्यक्रमकाे हिजाे फाइनल अडिसन अर्खाबाङ ठुलिचाैरमा सम्पन्न भएको हाे ।

गाउँपालिका भित्रका सबै वडाबाट १४ जनालाई सेमिफाइनलमा लगिएको र टप ६ जनालाई फाइनल राउण्डमा लगिएको मुख्य जर्ज रास्ट्रिय कलाकार सन्तोष केसीले बताएका छन् ।

फाइनल पुगेका ६ जना मध्य एक जना मालिका तारा २०८० र एक जना उपविजेता बनेकाे उनले बताएका छन् । उपविजेता बन्नेमा मालिका ३ हवाङ्दिकि सुस्मिता बुढा मगर रहेकी छन् ।

( Jeevan rajan

मालिका तारा २०८० बनेकी छापहिलेकी पायल खनालले नगद रु २५ हजार जितेकी छन् भने उपविजेता सुस्मिता बुढा मगरले १५ हजार जितेको मालिका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिकास खनालले बताए । मालिका तारा २०८० बनेकी खनालले रास्ट्रिय कलाकार सन्तोष केसीको गितमा आबाज दिने छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया