गुल्मीको सिद्धबाबा माविमा खाद्य उत्पादन कक्ष शुभारम्भ



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा व्यवस्थापन तर्फ होटल म्यानेजमेन्ट पढाई सुरु भएको छ । जिल्लामा राम्रो पहिचाहन बनाउन सफल भएको विद्यालयले विद्यार्थीको माग अनुरुप विषय थप गरेर पठनपाठन सञ्चालन गर्दै आएको छ ।

विद्यालयले प्रयोगात्मक विधिबाट पठनपाठन गराउनका लागि छुट्टै व्यवस्थित खाद्य उत्पादन कक्ष समेत तयार तयार गरेको छ । खाद्य उत्पादन कक्षको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले शुभारम्भ गर्नुभएको हो ।

Jeewan and Rajan Tailors

होटल म्यानेजमेन्ट प्रयोगात्मक विधिबाट पनि अध्ययन गर्न थालेका छन् । खाद्य उत्पादन कक्ष शुभारम्भसँगै विद्यार्थीले प्रयोगात्मक अभ्यास गरेका थिए ।

The Star Family Restaurant

खाद्य उत्पादन कक्षको शुभारम्भ गर्दै नगरप्रमुख पन्थीले यहाँका विद्यार्थीहरुले यहिँ विषय पढका लागि अनेत्र जानुपर्ने बाध्यता यस विद्यालयले अत्य गरेको बताउनुभयो । नगरपालिकाले यहाँका विद्यार्थीलाई जिल्लामै अध्ययन गर्ने वातावरण तय गर्न विभिन्न खालका कार्यक्रमहरु गर्दै आएको उहाँले बताउनुभयो ।
सीप सहितको ज्ञानले विद्यार्थीलाई रोजगारीका निम्ती पनि फाइदा मिल्ने पन्थीको भनाइ छ ।

होटल म्यानेजमेन्ट विषय धेरै विद्यार्थीकोहरुको रोजाइमा रहेकाले यहि विषय पढन जिल्लाबाट बुटवल काठमाडौं जनुपर्ने बाध्यता रहेको थियो ।
त्यहिँ बाध्यतालाई अन्त्य गर्न सिद्धबाबा माध्यमिक विद्यालयले पठनपाठ सुरु गरेको हो । जिल्लामै होटल म्यानेजमेण्ट पटनपाटन सुरु भएपछि बाहिर पढन जानुपर्ने बाध्यता भने हटेको छ ।

होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुले व्यवहारिक सीप हासिल गर्दा यो सीपले रोजगारिका निम्ती पनि मद्दत गर्नेछ । विद्यालयमा अहिले ५६ जना विद्यार्थीले होटल म्यानेजमेन्ट अध्ययन गर्दै आएको विद्यालयका प्रधानाध्यापक डोरबिक्रम श्रीसले बताउनुभयो ।
लुम्बिनी प्रदेशमै अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल यस विद्यालयमा विज्ञान, व्यवस्थापन, कानून, शिक्षा, मानविकी, कम्प्युटर इन्जिनियरिङ्गका विभिन्न विषयहरु समेत पढाई हुँदै आएको छ । गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले शिक्षासँगै व्यवहारिक ज्ञानलाई पनि बिशेष महत्व दिएर शिक्षा प्रदान गर्ने गरेको प्रधानध्यापक श्रीसको भनाइ छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया