इस्माका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण



सुमन महतारा


गुल्मी । गुल्मीकाे इस्मा गाउँपालिकाका  सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले आज गाउँपालिकामा पुगेर भूमिहीन र सुकुम्बासीलाई निस्सा दिएकाे हाे ।

भूमिहीन दलित १३ , भूमिहीन सुकुम्वासी २२ र  अव्यवस्थित बसोबासी १८९ गरि दुई सय २२ जनालाई निस्सा प्रदान गरिएको छ । लालपूर्जा वितरण गर्नका लागि निस्सा दिन थालिएको हो । निस्सा प्राप्त गरे पछि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु अब चाँडै लालपुर्जा पाउने आशामा बसेका छन् ।

Jeewan and Rajan Tailors

भूमि आयोग जिल्ला समिति गुल्मीका अध्यक्ष राम मल्ल  ठकुरीले गाउँपालिकाका नागरिकलाई  छिटो  लालपूर्जा वितरणको लागि आफूहरु लागि परेको बताए । ‘यो जग्गा प्राप्ती होइन । जग्गा नाप्ने बेलामा यही निस्सा देखाउनुपर्छ,’ ठकुरीले भने, ‘निस्सा पाएपछि तपाईंहरुको एउटा चरण पूरा भयो ।’

The Star Family Restaurant

अब थप अनुगमन गरेर जग्गा वितरणका लागि प्रक्रिया अघि बढ्छ ।’विभिन्न कागजपत्र र तीनपुस्ते विवरण भर्न छुट भई निस्सा नपाएका लाभग्राहीहरुलाई पनि प्रक्रिया पूरा गरेर निस्सा वितरण गरिने उनको भनाइ छ । निस्सा पाएका लाभग्राहीहरुको अब थप अनुगमन गरेर जग्गा वितरणका लागि नाँपजाँच गर्ने कार्य अगाडि बढेपछि छिट्टै लालपूर्जा वितरण हुने अध्यक्ष ठकुरीले बताए ।

इस्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्काले  लामो समयसम्म जग्गा नपाएका सुकुम्वासी नागरिकले निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको बताए । लालपुर्जा प्राप्तीका लागि आवश्यक कार्य गर्न सहजीकरण गर्ने उनले बताएका छन् ।

त्यस्तै कार्यक्रममा उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले भुमि आयोगले छिट्टै लालपुर्जा दिन आग्रह गरिन उनले गाउँपालिका जुनसुकै सहयोगका लागि तयार रहेको बताएकि छन् ।

निस्सा पाएकाहरुमध्ये सुकुम्वासीले १० दशमलव ६५ आना र अव्यवस्थितले २ रोपनीसम्म जग्गा पाउने राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीका विज्ञ सदस्य तिलाचन पाण्डेले बताए ।

जग्गा प्राप्तीका लागि सुकुम्वासीले बसिरहेको ठाउँमा पहिलो प्रथामिकता हुनेछन् । त्यो वाहेक वडा, पालिकाभित्र, जोडिएको पालिका वा नेपालका कुनैपनि ठाउँमा तोकिए त्यो ठाउँमा जग्गा पाउने पाण्डेको भनाइ छ । त्यस्तै अव्यवस्थितले बसिरहेको ठाउँमा मात्रै पाउने छन् । त्यो बाहेक अनेत्र उनिहरुको लागि जग्गा वितरण हुने छैन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया