गुल्मीमा लायन्स क्लबद्धारा विद्यार्थीलाई न्यानो कपडा



अनिल खत्री


गुल्मी । लायन्स क्लब अफ गुल्मी तम्घास र लायन्स क्लब अफ गुल्मी रेसुङ्गाद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । जिल्लाको सदरमुकाम स्थित श्रृजना प्राथमिक विद्यालयका ५५ जना र सेतो गुराँस बाल बिकास केन्द्रमा अध्ययनरत २५ जना गरी कुल ८० जना विद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको लायन्स क्लब अफ गुल्मी रेसुङ्गाका सचिव कृष्ण खनालले बताउनुभयो ।

चिसो बढदै जान थालेसँगै विपन्न तथा जेहेन्दार विद्यार्थीले अध्ययन गर्ने विद्यालय छनोट गरेर न्यानो कपडा वितरण गरिएको हो । क्लबले जिल्लाभरका ३७ वटा बिद्यालयमा ४२ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३६५ ए–वानका डिस्ट्रिक्ट गभर्नर भिमलाल पौडेलले बताए ।

गुल्मी जिल्लामा दुईवटा लायन्स क्लबले आफ्नै सहयोगबाट विद्यार्थीलाई गरेको न्यानो कपडा वितरण कार्यक्रमले विद्यालयको थप शैक्षिक गतिविधिमा समेत टेवा पुग्ने डिस्ट्रिक्ट गभर्नर पौडेलले बताए । कपडाले विद्यार्थीलाई न्यानो र क्लबलाई सन्तुष्टि मिल्ने बताउनुभयो ।

क्लबले आगामी दिनमा शैक्षिक क्षेत्रसंगै जिल्लाको पर्यटन प्रर्वद्धनमा समेत लाग्नुपर्नेमा जोड दिए । जाडो समयमा विद्यार्थीको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरिएको क्लबले जनाएको छ ।

( Jeevan rajan

अमेरिकामा स्थापना भएको क्लबसंग जोडिएर देशका कुनाकन्दरामा पुगेर विद्यालय र विद्यार्थीका आवश्यकता पहिचान गरेर क्लबले गर्ने पुण्य कामको प्रशंसा गर्दै रेसुङ्गा नगरपालिका ७ का वडाध्यक्ष रामप्रसाद पन्थी (राम्जी)ले सबैलाई धन्यवाद दिनुभयो ।

क्लब वा कुनै संस्थाको नाममा देश तथा विदेशबाट संकलन गरिएको रकमबाट केही सहयोग गर्ने केही कुम्लाउने गरेका उदाहरण दिदैँ डिस्ट्रिक्ट चिफ बालसिंह काउछाले लायन्स क्लब त्यस्तो नभई पूर्ण सहयोग सहित सामाजिक काम गर्ने बताउनुभयो ।

लायन्स क्लबले गरेको न्यानो कपडा वितरण कार्यक्रमलले विद्यालयको गुणस्तरीय शिक्षामा थप टेवा पुग्ने लायन्स क्लब अफ गुल्मी रेसुङ्गा अध्यक्ष विस्णुप्रसाद अधिकारीले बताउनुभयो ।

लायन्स कल्ब अफ गुल्मी तम्घासका अध्यक्ष इश्वरी कंडेलले विद्यालयमा अध्ययनरत विपन्न गरीब विद्यार्थीहरुलाई जाडो याममा न्यायो लुगा वितरण गर्न पाउँदा खुसी ब्यक्त गर्नुभयो । लायन्स क्लबले जिल्लामा विभिन्न ठूला विपत्तिहरुमा राहत तथा खाद्यान्न सामाग्री वितरण, निःशुल्क स्वास्थ्य शिविर, शैक्षिक सामाग्री लगायतका सामाजिक कार्यहरु गर्दै आएको क्लबले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया