गुल्मी । गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसमा रक्तदान सम्बन्धि उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियन रेसुङ्गा बहुमुखी क्याम्पस र नेपाल स्वयंसेवक रक्त दाता समाज गुल्मीको शाखाको सहकार्य र ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनामा सम्पन्न भएको हो ।
बिहिवार एक कार्यक्रमका बीच विद्यार्थीहरुलाइ रक्त दान गर्दाका फाइदाको बारेमा ब्लड डोनर सोसाइटी नेपालका केन्द्रिय अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिएका थिए ।
रक्त दान गर्ने इच्छा हुँदा हुँदै पनि केही नकारात्मक प्रभाव पर्छ कि भन्ने डर विद्यार्थी भएको कारण यो कार्यक्रम गरिएको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष पुनाराम घिमिरेले जानकारी दिए । कार्यक्रममा बिद्यार्थी र प्रध्यापकहरुको उल्लेखनीय सहभागी रहेको थियो ।
ब्लड डोनर्स सोसाइटी नेपालले बिहिवार नै तम्घासको महेन्द्र नमूना माध्यामिक बिद्यालयमा समेत सोही कार्यक्रम गरेको छ।