रुरुक्षेत्रका सुत्केरी महिलालाई गाउँपालिकाकाे एक सुपा पाेषण सामाग्री



सुमन महतारा


गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले गाउँपालिका भित्रका सुत्केरी महिलालाइ एक सुपा पाेषण सामाग्री दिदैं आएको छ ।

गाउँपालिकाले सुत्केरी भएको दिनदेखि १४ दिन भित्र सुत्केरी भेट्न जाने वडाको स्वास्थ्य चाैकिमा कार्यरत नर्सले पाेषण सामाग्री लिएर सुत्केरी भेट्ने गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।

गाउँपालिकाले सुत्केरी महिलाकाे स्वास्थ्य परिक्षण उनको स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिने नवजात शिशुको स्वास्थ्य अवस्थाकाे जानकारी लिने बृद्धअबश्थाका पुरुष र महिलाको घरमै पुगेर स्वास्थ्य परिक्षण गर्ने लगाएतका कामहरु गर्ने गरेको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिएका छन ।

सुत्केरी भेट्न जाने नर्सले सुत्केरी महिलाको स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिने परिवार याेजना बारेमा जानकारी गराउँने लगाएतका कार्यहरु गर्छन् । सुत्केरी भेट्न जाँदा नर्सले एक सुपा भरि एक क्यारेट अण्डा,फलफूल (अनार,स्याउ )दाल,हरियो तरकारी ,नङकट काइयो,नुहाउने साबुन ,कपडा धुने साबुन ,नुन लगाएतका एक जना सुत्केरीलाई १२ सय रुपैयाँ बराबरको पाेषण सामाग्री उपलब्ध गराउँने गर्दछन ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया