निरन्तर संघर्षले खारिएकी बिष्णु सापकोटा राष्ट्रिय सभा सदस्य उम्मेदवार



अनिल खत्री


अनिल खत्री, गुल्मी । आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट बिष्णु सापकोटा उम्मेदवार बनेकी छन् ।

सत्ता गठबन्धन नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सापकोटा हाल नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पदमा रहकी छन् । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा जन्मेकी सापकोटाले २०३६ सालदेखि नेपाली कांग्रेसको राजनितिमा प्रबेश गरेकी हुन् ।पहिलेको त्यो समयमा महिलाहरुले राजनिति गर्न निकै कठिन अवस्था थियो ।

Jeewan and Rajan Tailors

महिलाले घरको काम गर्नु पर्छ, विहे गरेर जानुपर्छ भनेर घरबाट राजनिति गर्न दिने चलन पनि थिएन । तर त्यो संघर्षलाई चिर्दै सापकोटाले भने सानै उमेरदेखि महिला पुरुष बिच बिभेद हुनुहुदैन भन्दै नेतृत्व गर्दै आइन् ।

The Star Family Restaurant

गुल्मी जिल्लाको वामी टक्सार स्थित महेन्द्र आर्दश माध्यमिक विद्यालयका कक्षा ८ मा पढ्दा नेविसंघको सदस्य बनेर राजनिति प्रबेश गरेकी थिइन् । २०४२ सालखेखि नेपाली कांग्रेसको भतृ संगठनमा क्रियाशिल रहेकी सापकोटा निरन्तर लाभको पदमा नपुगी राजनिति गर्दै आएकी महिला नेतृ हुन् ।

सरल स्वभावकी सापकोटा गुल्मी जिल्लामा सबैले बिष्णु दिदी भनेर बोलाउने गर्दथे । नेविसंघको जिल्ला सदस्य हुँदै ०४८ मा इकाइ सदस्य बनेकी थिइन ।

सापकोटा जिल्लामा कक्षा १० सम्म अध्ययन सकेर उच्च शिक्षा अध्ययन गर्न काठमाडौंमा पुगीन । त्यहाँ रहदा पनि उनि पढाइसँगै विद्यार्थी राजनितिलाई निरन्तर छोेपेर अगाडी बढिन् । ०५३ मा इकाइ सभापति, ०५५मा स्ववियू सदस्य बनेकी थिइन ।०५८ सालमा नेविसंघको केन्द्रिय सदस्य बनेकी थिइन् ।

विद्यार्थी राजनितिलाई बिट मारेर ०६३ सालमा गुल्मी जिल्लामा आएर महिला संघको जिल्ला अध्यक्ष बनीन । सापकोटाले नेपालमा परिर्वतनको पक्षमा चलेका आन्दोलनहरु ०४६ साल, ०६२÷०६३ सालमा चलेको आन्दोलनमा महिलाहरुको नेतृत्व गरेर होमीएकी थिइन ।

त्यस्तै जिल्ला स्तरमा विभिन्न समयमा हुँने आन्दोलनहरुमा पनि उनि सक्रिय भएर उभिने गरेकी थिइन । सापकोटाले राजनिति आफनो निहित स्वार्थमा भन्दा पनि आम नागरिकको हितमा हुनुपर्छ भन्ने मान्य आफुमा रहेको बताउने गरेकी छन् । ०७४ सालमा नेपाली कांग्रेस गुल्मीको पार्टी सचिव बनेकी सापकोटा विभिन्न समयमा महाधिवेशन प्रतिनिधि समेत बनेकी छन् । अहिले पनि सापकोटा जिल्लामा रहेका एक र्दजन सामाजिक संघ संस्थमा आवद्ध रहेकी छन् ।

उनी ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा मुसिकोट नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनेर पराजित भएकी थिइन । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित भए सबैको साझा बनेर हरेर नागरिकको पक्षमा काम गर्ने उनले बताइन ।

यो अवसरलाई अधिकतम नागरिकको हितमा आफुले काम गर्ने दृढ अठोट आफुमा रहेको उनको भनाइ छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया