गुल्मीको उपल्लो भंगारीमा ‘रेसुङ्गा होम स्टे’ संचालनमा



अनिल खत्री


अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गासँगै पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर ‘रेसुङ्गा होम स्टे’ सञ्चालनमा आएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर १३ स्थित उपल्लो भंगारीमा ‘रेसुङ्गा होम स्टे’ सञ्चालनमा आएको छ ।

पछिल्लो समय गुल्मी घुम्न आउने पर्यटकहरुलाई स्थानीय परिकारका खानासँगै स्थानीय कला सँस्कृति देखाउने उदेश्यले होम स्टे सञ्चालनमा ल्याइएको हो । होम स्टेमा बस्न जानेहरुले एक दिन अगाडी नै बुकिङ गर्नुपर्ने व्यवस्था रहेको छ ।

Jeewan and Rajan Tailors

त्यहाँ स्थानीय उत्पादीत, कोदाको ढिडो, रोटी, मकैको आटो, फापरको रोटी, सिस्नु, लोकल कुखुरा लगायत पाहुनाको रोजाइ अनुसारको खाना पाइने व्यवस्था रहेको होम स्टेक सञ्चालन समितिका संयोजक यज्ञमूर्ति श्रीसले बताउनुभयो । ‘रेसुङ्गा होम स्टे’मा हाललाई १५ जनासम्म बास बस्न पाइने व्यवस्था रहेको छ ।

The Star Family Restaurant

होम स्टेमा पुगेपछि स्थानीय उत्पादनको खानासँगै स्थानीय कला सँस्कृतिको नृत्य पनि हेर्ने व्यवस्था गरिदै आएको उहाँले बताउनुभयो । होम स्टेमा पाहुन भएर गएपछि स्थानीय कलासंस्कृतिसँग पनि रम्न पाइने व्यवस्था रहेको छ ।

जहाँ स्थानीय युवायुवतीहरुले आफनै कला संस्कृतिका गीत नृत्यहरु राख्ने गर्दछन् । होम स्टेमा पुग्ने पाहुनालाई विद्यालयको समय मिलाएर आफनो कलासंस्कृति सहितको नृत्य देखाउने गरेको स्थानीय प्रतिक्षा पुनले बताउनुभयो ।

उहाँ स्थानीय विद्यालयमा कक्ष १२ मा अध्ययन गर्दै आउनु भएकोछ । होम स्टेमा पुगेका पाहुनालाई उहाँ आफनै संस्कृतिको पहिरनमा नृत्य देखाउने गर्नुहुन्छ । ‘रेसुङ्गा होम स्टे’ सञ्चालन गर्न रेसुङ्गा नगरपालिकाले पनि सहयोग गर्दै आएको छ । त्यस क्षेत्रमा अहिले होस स्टेका लागि भवन समेत तयार गरिएको छ ।

हाेम स्टे सञ्चालनसँगै रैथाने बालीको संरक्षण र स्थानीयलाई रोजगारिमा जोडने आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उदेश्य नगरपालिकाको लिएको वडानम्बर १३ का वडाअध्यक्ष हुमबहादुर बस्नेतले बताउनुभयो । उहाँले होम स्टेसँगै त्यस स्थानसम्म पुग्ने मोटरबाटो लगायत अन्य संरचना निर्माणमा नगरपालिकाले सहयोग गर्दै आएको बताउनुभयो ।

जनजाती समुदायक करिब १ सय घर बस्ती रहेको भंगारीमा स्थानीयले सोरठी, घाटु, सालैजो जस्ता संस्कृतिको संरक्षण पनि गर्दै आएका छन् । पछिल्लो समय रेसुङ्गा एअरपोट पनि सञ्चालनमा आएकाले होम स्टेमा आउने पर्यटक वढ्ने अपेक्षा स्थानीयले लिएका छन् ।

होम स्टे रहेको शिरमा रेसुङ्गा क्षेत्र पर्दछ । त्यसको काखमा रहेको होमस्टे तम्घास रिडी मुख्य राजमार्गको नजिकै रहेकाले पनि सजिलैसँग पर्यटक पुग्न सक्दछन् । ०७९ सालको फागुन महिनाबाट ‘रेसुङ्गा होम स्टे’ सञ्चालनमा आएको हो । होम स्टेमा गएको साउन भदौसम्म पाहुनाहरुको चाप बढेपनि अहिले पनि खासै चहलपहल नभएको होम स्टे सञ्चालन समितिका संयोजक श्रीसले बताउनुभयो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया