रेसुंगा बहुमुखी क्याम्पसमा विद्यार्थीलाई स्वागत



अनिष पन्थी


गुल्मी । स्वतन्त्र विद्यार्थी युनियन रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीको आयोजनामा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको उक्त क्याम्पसमा आज एक कार्यक्रमका बीच स्नातक तह प्रथम बर्षमा अध्यनरत नव आगन्तुक बिद्यार्थीहरुलाइ स्वागत कार्यक्रम गरिएको हो ।

माध्यमिक तहको शिक्षा समाप्त पछि उच्च शिक्षाको निमित्त क्याम्पसमा आएका बिद्यार्थीलाई टिका, फुल र खादाले सम्मान गरि स्वागत गरिएको थियो।

Jeewan and Rajan Tailors

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहायक क्याम्पस प्रमुख गुणानिधी शर्माले उच्च शिक्षाको निमित्त रेसुङ्गा क्याम्पसलाई रोजेकोमा विद्यार्थीलाई धन्यवाद प्रकट गरे । जून उदेश्यका साथ क्याम्पस आएको हो उदेश्य अनुरुप आफ्नो कर्म गर्न आग्रह गरे ।

The Star Family Restaurant

कार्यक्रममा व्यवस्थापन बिभाग प्रमुख यम बहादुर थापा, शिक्षा बिभाग प्रमुख शिवलाल खनाल, नेपाल बिद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पसका सभापति शिव भण्डारी , अनेरास्ववियु रेसुङ्गा बहुमुखी क्याम्पसकि प्रतिनिधि सिर्जना गिरि , रेडक्रस रेसुङा बहुमुखी क्याम्पसकि कोषाध्यक्ष सिर्जना बोहोरा लगायतको उपस्थित रहेको थियो ।

स्वतन्त्र विद्यार्थी युनियन रेसुङ्गा बहुमुखी क्याम्पसका अध्यक्ष पुनाराम घिमिरेको अध्यक्षता र सचिव सुदिप खत्रीको सन्चालनामा सम्पन्न भएको थियो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया