खुकुरीको देउसी भैलो कार्यक्रम सम्पन्न, केही रकम सामाजिक काममा प्रयोग गरिने



अनिष पन्थी


गुल्मी । ‘द खुकुरी युथ’ क्लबको देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । हिन्दु नेपालीहरुको दोस्रो महान पर्व तिहारको अवसरमा आयोजित देउसी भैलो कार्यक्रम २०८० सम्पन्न भएको हो ।

कला सस्कृतिको जगेर्ना गर्ने उदेश्यले आयोजना गरिएको देउसी भैलो कार्यक्रम कार्तिक २६ गतेदेखि मङ्सिर २ गतेसम्म सन्चालन भएको थियो ।

Jeewan and Rajan Tailors

देउसी भैलो कार्यक्रमबाट उठाइएको रकममध्य केही रकम सामाजिक काममा प्रयोग गरिने क्लबका अध्यक्ष सन्दिप भलामिले जानकारी दिए । बिगतका बर्षमा पनि क्लबले देउसी भैलोबाट उठेको रकम सामाजिक काममा प्रयोग गरिएको अध्यक्ष भलामिले जानकारी दिए ।

The Star Family Restaurant

आइतबार इस्मा गाउँपालिका २ को छल्दिमा एक औपचारिक कार्यक्रम आयोजना गरि देउसी भैलोमा खटिएका कलाकारलाई प्रामणपत्रले सम्मान गरिएको थियो । केही बर्ष अगाडि तम्घासको खानिगाउबाट स्थापना गरिएको क्लब अहिले जिल्लाव्यापी रुपमा आफ्ना कार्यक्रम गर्दै आएको छ । क्लबले दशै तिहार होलि जस्ता चाडपर्वमा परम्परा देखि चलिआएका कार्यक्रम गर्दै सस्कृतीको जगेर्ना गरेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया