गुल्मीमा एक पुरुष मृत अवस्थामा फेला



अनिष पन्थी


गुल्मी । गुल्मीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन । जिल्लाको कालीगण्डकी गाउँपालिका १ बजेवाका रमेश भट्टराईको शव फेला परेको हो ।

कार्तिक ३० गते घरबाट हर्मिचौर तर्फ मोटरसाइकलमा हिडेका भट्टराई घरमा फर्कि नआएछि परिवारले प्रहरीमा उजुरी गरेको थिए । खोजतलास गर्ने क्रममा मङ्सिर २ गते ०९:२० बजेको समयमा कालीगण्डकीको हनुमान पार्क स्थित कच्चि सडक खण्डदेखि २० मिटर तल भिरमा मोटरसाइकल सहित भट्टराई मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी डिल्लिनारायण पाण्डेले जानकारी दिए ।

Jeewan and Rajan Tailors

मृतकको शव गुल्मी जिल्ला अस्पताल तम्घासमा पोष्टमार्टम पश्चात आफन्तीले वुझेको प्रहरीको भनाइ छ । घटना सम्बन्धि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया