गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा प्लाष्टिकजन्य फुल र माला प्रयाेग गर्न नपाइने भएको छ । शुक्रबार गाउँपालिकाले एक सूचना जारि गर्दै
प्राकृतिक रुपमा उत्पादन भएका फूल तथा माला प्रयोग गर्न पालिकाका नागरिकलाई अनुरोध गरेको छ ।
विभिन्न चाडपर्व तथा उत्सवहरुको अवसरमा यस गाउँपालिका भित्र विभिन्न प्रकारका प्लाष्टिकजन्य नक्कली फूल तथा मालाहरुको अत्यधिक रुपमा प्रयोग हुँदै आइरहेको तर यहाँ उत्पादन भएका फुल तथा मालाहरुले बजार नपाएको अवस्था भएका कारण स्थानीय फुल र मालाहरुकाे बजारकाे सुनिश्चितताका लागि प्लाष्टिकका माला राेक लगाइएको गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वति कुवँरले बताइन्
उनले स्थानीय उत्पादनहरु प्रयोगविहिन हुने साथै वातावरणमा समेत प्रतिकुल असर पर्ने हुँदा प्लाष्टिकजन्य फूल तथा मालाहरु प्रयोग नगरी स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै वातावरण अनुकुलित हुने खालका प्राकृतिक फूल तथा मालाहरुको प्रयोगलाइ जाेड दिन गाउँपालिका बासिलाइ अनुरोध गरेको उनले बताइन् ।
त्यस्तै गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले गाउँपालिका भित्र कृषकहरुले उत्पादन गरेका फुल तथा मालाहरु प्रयाेग गर्न सम्पुर्ण पालिकाका नागरिकलाई अनुरोध गरे । उनले चाडपर्वलाई समेत खर्चिलो र तडक भडक नबनाउन समेत आग्रह गरे ।