गुल्मी महोत्सवमा दिनप्रतिदिन दर्शकको घुइँचो लाग्दै



अनिष पन्थी


गुल्मी । प्रथम गुल्मी ऐतिहासीक महोत्सवमा दिनप्रतिदिन दर्शकको घुइँचो लाग्दै गएको छ । चौथो दिन शनिबार दर्शकको बाक्लो उपस्थित भएको हो । शनिबार लोक तथा दोहोरी गाएक बद्री पङ्गेनी, रमेश राज भट्टराई ,गणेश अधिकारी, शिलु भट्टराईको साङगेतिक प्रस्तुति रहेको थियो । महोत्सव २५ गतेसम्म चल्ने छ । महोत्सव स्थलसम्म पुग्न तम्घास बजार देखि निःशुल्क बसको समेत व्यवस्था गरिएको छ ।

शनिबार भएको कारोबारको टिकटको ५० प्रतिशत रकम जाजरकोटका भूकम्प पीडितहरुको उद्धारका लागि पठाइने भएको छ । उद्योग संघको आयोजनामा उपल्लो तम्घासमा सञ्चालन भइरहेको महोत्सवको शनिबार कारोबार हुने टिकटको ५० प्रतिशत रकम भूकम्प प्रभावितहरुको उद्धाराका लागि जाजरकोट पठाइने आयोजकले जनाएको छ । गुल्मी उद्योग संघको शनिबार बसेको आकस्मिक बैठकले यस्तो निणर्य गरेको हो । भुकम्पमा परी दिवंगत हुनुभएकाहरुमा शोक व्यक्त समेत गरेको छ ।

Jeewan and Rajan Tailors

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया